Sidha Patra मंगलबार, चैत्र ०१, २०७८

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ४ पर्सेनीमा रहेको दिपेन्द्र होम जोन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्पना घिमिरेले आफ्नो विद्यालयलाई १२ हजार बराबरको १५ वटा प्लास्टिक कुर्सी हस्तान्तरण गर्नु भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्पना घिमिरेको अध्यक्षता तथा गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकको प्रमुख आतिथ्यता एवं वडा नम्बर ४ का वडा अध्यक्ष गुलाम मोहम्मदको विशेष अतिथिमा शुक्रबार सम्पन्न भएको कार्यक्रममा अध्यक्ष घिमिरेले कार्यालयमा शिक्षक, शिक्षिका लगायत अन्य अतिथि आउँदा बस्नको लागि पर्‍याप्त कुर्सी नभएको हुँदा आफुले सो विद्यालयमा शिक्षक राख्नको लागि समितिद्वारा शिक्षक छनोट कार्यमार्फत प्राप्त भत्ताले उक्त सामग्री खरिद गरि विद्यालयलाई हस्तान्तरण गरेको बताउनु भयो ।

विद्यालयका सहायक प्रधानाध्यापक हरिप्रसाद यादवको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा प्रधानाध्यापक लाल बहादुर भण्डारीले विद्यालयको गतिविधि बारे जानकारी गराउदै आउँदो २०७९ साल बैशाख १० गते भव्य रुपमा विद्यालयको वार्षिक कार्यक्रम गरेर मनाउने बताउनु भएको थियो भने कार्यक्रमको संचालन शिक्षक गंगा कुमालले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]