शिवराज खनाल/लमही शुक्रबार, फाल्गुण २७, २०७८

दाङ । उत्पादीत खाद्यवस्तुको गुणस्तरर लेवलिङ तथा प्याकेजिङमा ध्यानदिन एक कार्यक्रमका सहभागीले बताएका छन् । उत्पादीत खाद्यवस्तुको गुणस्तरर लेवलिङ तथा प्याकेजिङ सम्वन्धि अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले उद्योगबाट उत्पादीत बस्तुको प्याकेजिङ र लेवलिङमा ध्यानदिन व्यवसायीलाई आग्रह गरेका हुन ।

खाद्यबस्तुको गुणस्तरता जोगाउनको लागी प्याकेजिङले मद्धत गर्ने र हरेक प्याकेजिङ्गमा लेवलिङ्ग अनिवार्य लगाउनुपर्नेमा उनीको भनाई रहेको थियो । घरेलु तथा सना उद्योग कार्यालय दाङले देउखुरी उद्योग बाणिज्य संघको सहकार्यमा करिब एक सय उद्योगी व्यवसायीलाई उत्पादीत बस्तुको गुणस्तर कायम राख्न लेवलिङ र प्याकेजिङको बारेमा प्रशिक्षण दिएको हो ।

नियम कानुनको परिधिमा रहेर व्यवसाय सञ्चालन गर्नुपर्ने, व्यवसाय तथा उत्पादन उपभोक्तामैत्री हुनुपर्नेमा जोड दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उपमबहादुर ओलीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले बजारमा गुणस्तरीय खाद्यबस्तुको उपलब्धता सुश्चित गर्नुपर्ने बताए ।

कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले बजार अनुगमन गर्दा अखाद्य बस्तु भेटिने गरेको भन्दै व्यवसायीलाई सचेत गराएका थिए । कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघका सदस्य सहाना श्रेष्ठले नेपालमा खाद्य सुरक्षा सम्वन्धि कानुनी व्यवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय उपाध्यक्ष अधिवक्ता केशवकुमार शर्माले बजारमा उत्पादक, उपभोक्ता र व्यवसायीको दायित्वको बिषयमा प्रकाश पारे । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख रिजन कार्कीले खाद्य गुणस्तर तथा लेवलिङको बिषयमा जानकारी गराए । कार्यक्रमको सहजीकरण अधिकृत विक्रम केसीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]