
Ssb
Ksb
Rks
jsb
Csb
Usb
Tgp
Gsb
Fmb
Ksb
Bsn
Ssb
Ppu
Nsb
Rsb
Ksb

Ssb
Tsb
Hl1
Usb
Gsb

ptl
Nps
Rgu
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ बडाहरा स्थित कुलपानी हरितपार्क निर्माण कार्यमा सहयोग गर्ने सहयोगि दाताहरुलाई बुधबार एक कार्यक्रमका बीचमा भव्य सम्मान तथा अभिनन्दन गरिएको छ ।
जयन्ती निर्माण सेवा प्रालिका संचालक खगेन्द्र बुढा मगरका बुवा भद्र सिं बुढा मगरको ८४ औं जन्म उत्सबको अवसर पारी आयोजना गरिएको सो कार्यक्रममा बुवा-आमाको नाउँमा पार्क भित्र सुविधा सम्पन्न खगेन्द्रका बहिनी सव इन्जिनियर कुसुम बुढा मगरले बनाएको स्टिमेट अनुसार मनमोहक पक्की एक प्रतीक्षालय,दुई कोठे शौचालय,एक पानीको फोहरा,एक जरायो गरि जम्मा १२ लाख २० हजारको लागतमा निर्माण गरि सम्पन्न भएको उक्त सामग्री कुलपानी हरितपार्क निर्माण समितिलाई हस्तान्तरण गरिएको हो ।
कुलपानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नवराज शर्माको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष भिमप्रकाश खड्काको प्रमुख आतिथ्यता तथा संविधान सभा सदस्य रश्मीराज नेपालीको विशेष अतिथिमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि खड्काले सो पार्क भित्र मनकारी मनद्वारा बुवा-आमाको नाउँमा निर्माण भएका ती सामग्रीहरु सधै भरि अमर रहने बताउनु भएको छ ।
आजको युगमा मानिसहरुले आफ्नो जन्म उत्सब मनाउन होटल,बारमा गएर मनाउने गर्छन् ,तर कुशल व्यवसायी कर्मी खगेन्द्र बुढा मगरले आफ्नो बुवाको ८४ औं जन्म उत्सबमा एउटा सामाजिक क्षेत्रमा देखिने र अमर रहने कार्य गरि मनाउनुमा यस कार्यले समाजमा फरक उदाहरणीय सन्देश दिने बताउनु भयो । त्यस्तै उहाँले दाङ जिल्लामा धन सम्पत्ति भएका मानिसहरु धेरै भएपनि उनिहरुमा मनकारी मन नभएको जिकिर गर्नु भयो ।
यस्तै कार्यक्रममा विशेष अतिथि रश्मीराज नेपालीले सो पार्क भित्र व्यवस्थित ढंगले दिगो समृद्धि विकास गर्नको लागि सम्बन्धित स्थानीय सरकारले भनेको जस्तो चासो नदेखाएको हुँदा अहिलेसम्म कुलपानी हरित पार्क ओझेलमा परेको बताउनु भयो । कार्यक्रमको विशेष अतिथि समेत रहनु भएका नेपालीले सो पार्कले अब गति समातिसकेको हुँदा संचारकर्मीले सक्दो प्रचारप्रसारमा सहयोग गर्न समेत आग्रह गर्नु भयो ।
त्यसैगरी कार्यक्रममा जयन्ती निर्माण सेवा प्रालिका संचालक खगेन्द्र बुढा मगरले आफ्नो बुवा-आमा १०० वर्ष सम्म बाचेको खण्डमा सो पार्कलाई १ करोड रकम सहयोग गर्ने बताउनु भएको छ । आफू अहिले कुनैपनि पार्टीमा आबद्ध नरहेको र केबल एक कुशल व्यवसायी कर्मी भएर निरन्तर लागिरहेको समेत कार्यक्रममा बताउनु भयो ।
रोल्पाको विकट गाउँ गामदेखि आफू ३१ वर्ष पहिले काठमाडौं छिरेको र अहिले आफ्नो प्रालिले चाइना र भारतका कम्पनीसंग समन्वय गरेर ५/५ वटा गरि १० प्रोजेक्टहरु नेपालमा संचालन गरिरहेको समेत जानकारी दिनु भयो । यसैगरी उहाँले आगामी दिनमा सो पार्कको लागि आवश्यक सहयोग गरिरहने समेत प्रतिबद्धता जनाउनु भएको छ ।
सो अवसरमा आयोजकले खगेन्द्र बुढा मगरका ८४ वर्षीय बुवा भद्र सिं बुढा मगर,आमा नन्सरा बुढा मगरलाई सम्मान पत्र सहित अबिर,फुलमा एवं दोसल्ला ओढाएर भव्य सम्मान तथा अभिनन्दन गरेको थियो भने कार्यक्रममा सहभागी सम्पूर्ण घरपरिवारलाई समेत सम्मान गरेको थियो ।
समुहका सल्लाहकार देबलाल यादवको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा सव डिभिजन वन कार्यालय कालाकाटेका सहायक वन अधिकृत भानुभक्त बस्याल,वन महासंघ नेपालका पार्षद बिष्णु माया बस्याल,शिक्षक राजितराम यादव लगायतका वक्ताले बोल्नु भएको थियो ।
उक्त कार्यक्रममा पार्क भित्र ८५ हजारमा एक सिङ्गे गैंडा निर्माण गर्ने डोरबहादुर बुढा र भीषमा बुढा मगरलाई सम्मान पत्र र अबिर टिका,फुलमाला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने कार्यक्रमको संचालन समुहका सचिव दिलबसी बि.कले गर्नु भएको थियो ।
यस्तै सो कार्यक्रमको समापन गर्दै समुहका अध्यक्ष नवराज शर्माले कुलपानी हरितपार्कको समग्र विकास गर्नको लागि यतिबेला मनकारी मन संगै अन्य सम्बन्धित सरोकारवाला निकायको एकदमै खाचो रहेकोले आगामी दिनमा उक्त पार्कलाई निरन्तर सहयोग गर्न आग्र गर्नु भएको छ । सो पार्कलाई निर्माण गर्नका लागि आफुहरुले योजना अघि सारे लगत्तै ठुलो धनराशिका साथमा सहयोग गर्नु हुने भद्र सिं बुढा मगर र नन्सरा बुढा मगरका माइलो छोरा खगेन्द्र बुढा मगरलाई विशेष धन्यवाद दिदै आगामी दिनमा पनि निरन्तर सहयोग गर्न आग्रह गर्नु भएको छ ।
त्यस्तै उक्त पार्क भित्र धेरै सहयोगी दाताहरुले सहयोग गर्नु भएको हुँदा आगामी दिनमा विशेष कार्यक्रमको आयोजना गरि सम्पूर्ण जानकारी गराउने बताउनु भयो ।

