
cjs
Pbu
Pes
Djs
Rgp
Lnp
Gfs
Unsku
sbs
pku
Srbpu
Sgr
Rgp1
Ggp

Bbbpu
Sls
Asm
Ssm
Ggd
Rsb
Wsp
Rgu
Sbs
Ksm
Vor
Gst
Rgs
Hal
Pvg
nsb
Bbu
Rgu
Tsm

Jmb
sab
Mks
Bml
Rpp
Abd
bbt
Ptm
Syp
Rmb
Gsb
Jmb
Pls
सुर्खेत । नेत्रहिन युवा संघ नेपाल, शाखा सुर्खेतको भेरिगंगा–१२ मा अपांगता भएका व्यक्तिहरूको राजनैतिक अधिकार विषयक अभिमूखिकरण
सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि भेरिगंगा–१२ का वडाध्यक्ष हरिप्रसाद कँडेलले अपांगता भएका व्यक्तिहरूले पनि अन्य व्यक्ति सरह नै राज्यका हरेक तहमा अर्थपूर्ण रूपमा सहभागि हुन पाउने उल्लेख गर्दै भेरिगंगा–१२ को साथ र सहयोग सधैब रहने प्रतिवद्धता व्यक्त गरे । वडाध्यक्ष कँडेलले भने ‘मेरो व्यक्तिगत र सिङ्गो वडा पालिकाको तर्फबाट यस प्रकारको कार्यमा सहानुभुति छ ।
’उक्त कार्यक्रममा एक फरक प्रसंगमा अध्यक्ष कँडेलले कार्यक्रमले अपांगता भएका व्यक्तिहरूको राजनैतिक अधिकार बारे उनिहरूलाई जागरुक बनाउन खोजेको र निरन्तर सक्रीयताको खाँचो रहेको बताए ।नेत्रहिन युवा संघ नेपाल, शाखा सुर्खेतका कोशाध्यक्ष सम्झना बडुवालको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको अध्यक्षता नेत्रहिन युवा संघ नेपाल, शाखा सुर्खेतका अध्यक्ष शेरबहादुर ओलीले गरेका थिए ।यस्तै, कार्यक्रममा भेरिगंगा–१२ का १५ बढि अपांगता भएका युवा तथा उनिहरूका परिवारका सदस्यहरूको सहभागिता रहेको थियो ।
अभिमुखिकरण कार्यक्रममा युवा संघ नेपाल मार्फत संचालन भइरहेको पहुँचयुक्त निर्वाचन प्रणालीका लागि सुर्खेत जिल्ला फिल्ड अधिकृत बसन्त जैशीले प्रशिक्षण दिएका थिए ।यस्तै, सहभागिहरूलाई अपांगता, अपांगता भएका व्यक्तिका राजनैतिक अधिकारको सन्दर्भमा अन्तराष्ट्रिय र राष्ट्रिय व्यवस्था, निर्वाचन प्रक्रियामा सहभागिता लगायतका विषयमा प्रशिक्षण दिईएको थियो ।
यस्तै,कार्यक्रममा सभापति नेत्रहिन युवा संघ नेपाल, शाखा सुर्खेतका अध्यक्ष शेरबाहादुर ओलीले कानूनमा भएको स्पष्ट् प्रावधानका बावजुत पनि अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व हुन नसकेको बताउदै अब जागरुक हुने समय आइसकेको बताए । ओलीले आफ्नो अधिकारको लागि अपांगता भएका व्यक्तिहरूले उनिहरूको आस्थावान दल मार्फत पनि अपांगताको सवाल पेचिलो बनाउनुपर्नेमा जोड दिए । साथै आगामि चुनावमा वडा स्तरमै भएपनि अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व नगरसभामा हुने पनि विश्वास समेत व्यक्त गरे ।

