
Gisld
mbd
Mbdvs
Pbu
Anm
Ksm
Rbs
Gmk
Sds

Pvg
Hal
Vor
Ggd
Asm
Rgs
Rgu
Sls
Gst
Bbbpu
Ssm
Tsm
Bbu
Wsp
Rgu
Ksm
nsb
Sbs
Rsb

Bml
Ptm
Rmb
Jmb
Gsb
Mks
Rpp
sab
Abd
Pls
Syp
bbt
Jmb
प्युठान। भारतमा रेल चलेसँगै नेपालीहरु धमाधम स्वदेश फर्किरहेका छन। फर्किएकालाई अहिले सीमानाकाबाटै सम्बन्धित स्थानीय तहले क्वारेन्टिनमा ल्याएर राख्न थालेका छन् ।
बन्दाबन्दी शुरु भएदेखि यता कपिलवस्तुको कृष्णनगर नाकाहुँदै प्युठान आउनेको संख्या ठूलो छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख,प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार लकडाउनपछि भारत सहितका विभिन्न ठाउबाट प्युठान भित्रीनेको संख्या झण्डै दश हजार छ।
भारतमा रेलवे सेवा सुचारु भएसंगै आईतबार बिहान सम्म प्युठान भित्रनेको संख्या जम्मा ६ हजार ९ सय ४३ जना रहेको डिएसपी कार्कीले बताए ।
क्वारेन्टाईन भरिभराउ
बढ्दो चापलाई मध्यनजर गर्दै जिल्लाका नौवटै स्थानीय तहले क्वारेन्टिनको क्षमता पनि बढाएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार नौवटै स्थानीय तहमा क्वारेन्टिनको सङ्ख्या २५२ रहेको छ । क्वारेन्टिनमा श्यया सङ्ख्या ६ हजार ८१३ र क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या ५ हजार ३१६ रहेको छ ।
होम क्वारेन्टाईनमा ७६ जना बसिरहेका छन भने आईसुलेसनमा राखेर कोरोना पुष्टि भएका ३ जनाको उपचार भईरहेको छ।
स्थानीय तहलाई हम्मे हम्मे
स्वदेश फर्कने सबैलाई अनिवार्यरूपमा क्वारेन्टिनमा राखिँदै आएको छ । स्वदेसबाट आउनेलाइ होम क्वारेन्टिन र विदेसवाट आउनेलाइ अनिवार्य क्वारेन्टिनमा राख्ने गरिएको छ।
बढ्दो चापले क्वारेन्टिनको व्यवस्थापन मिलाउन स्थानीय तहलाई हम्मे हम्मे छ । बस्ने, खानपानको व्यवस्था मिलाउनेसँगै व्यवस्थित तरिकाले राख्नका लागि स्थानीय तहलाई भ्याईनभ्याई छ । यद्धपी,क्वारेन्टाईनमा भद्रगोल राखिएको गुनासो समेत बढ्न थालेको छ।
उनिहरुले क्वारेन्टिनमा बस्नेहरुलाई सामाजिक दूरी कायम गराउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, रोग प्रतिरोधात्मक क्षमता बढाउन पोषणयुक्त खानेकुराको व्यवस्था गराउन नसकेको गुनासो छ ।क्वारेन्टिनमा सम्हाल्न नसकिने गरी नागरिक आइपुगेपछि स्थानिय तहहरुलाई ब्याबस्थापनमा समस्या परेको हो।
पर्खाई पिसिआरको रिपोर्टको
स्वास्थ्य कार्यालयले शनिबार सम्म जिल्लाभर ३ हजार २ सय ८६ जनाको आरडीटी परिक्षण गरिएकोमा २ सय १९ जनाको नतिजा पोजेटिभ देखिएको जनाएको छ । स्वाब परीक्षणका लागि पठाईएका ५११ जनाको रिपोर्ट आउन बाँकी छ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा परिक्षणका लागि उनीहरुको स्वाब पठाइएको छ। अहिले सम्म प्युठानको स्वर्गद्वारी नगरपालिकामा १ जना र माण्डवी गाउँपालिकाका २ जना सहित ३ जनालाई कोरोना देखिएको छ।
