
Rbs
Gmk
Sds
Ksm
Pbu
Mbdvs
mbd
Anm
Gisld

Bbu
Tsm
Hal
Ksm
Bbbpu
Wsp
Rsb
Ssm
Rgu
Pvg
Ggd
Sbs
Rgs
Vor
nsb
Rgu
Sls
Asm
Gst

Rpp
sab
Mks
Gsb
Jmb
Pls
Abd
bbt
Jmb
Rmb
Ptm
Syp
Bml
तिनाउ खोलामा डुवेर एकजना युवक बेपत्ता भएका छन् ।पाल्पाको तिनाउ जलविद्युत केन्द्रको ड्याम साइडमा डुबेर तिलोत्तमाका युवा बेपत्ता भएका हुन् ।तिनाउ गाउँपालिका ३ दोभान पाउर हाउसको ड्याममा पौडी खेल्ने क्रममा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका ७ भलवाडी बस्ने २१ वर्षका प्रदिप रोका पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।उनीसँगै पौडी खेल्न गएका १७ वर्षका सुमन सारु, १५ वर्षका सुमित चौधरी भने सकुसल रहेको प्रहरीले जनाएको छ ।बेपत्ता रहेका रोकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पाल्पा दोभान प्रहरी चौकीका प्रमुख बालबाहादुर घर्तीले खोजिकार्य भैरहेको बताए ।
