
Ses
Pbu
Gss
Gms
Rsbus
Gsbus
Ksbus
Gsbus
Gis
ebg
bpmhl
Gis
Nssbush
Lsbus
Gsl
Ksbus
Ssbus
Ksbus
Gis
Ksbus

nsb
Bbbpu
Pvg
Ssm
Bbu
Ksm
Asm
Rgu
Hal
Vor
Rgs
Sls
Rsb
Rgu
Tsm
Sbs
Wsp
Ggd
Gst

Bml
bbt
Gsb
Rmb
Jmb
Ptm
Jmb
sab
Syp
Abd
Pls
Rpp
Mks
दाङ । राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवा नयाँ बस्तीको खेलमैदानमा संचालन रहेकोे राजपुर बृहत खेलकुद महोत्सव २०७८ को शुक्रबार सम्पन्न भएको छ ।
त्यस्तै उक्त खेलकुद महोत्सव बिहीबार सम्पन्न हुने आयोजकले भनेपनि विविध कारणले शुक्रबार मात्र खेल कार्यक्रम सम्पन्न भएको हो ।
फाल्गुन ७ गतेदेखि उद्घाटन भएर संचालन भएको उक्त महोत्सवमा जिल्ला स्तरीय क्रीकेट खेलको फाइनल खेल देउखुरी क्रीकेट क्लब र घोराही क्रीकेट एकेडेमी बीचमा भएको थियो । घोराहीले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको थियो । त्यस्तै घोराहीले आफ्नो २० ओभरमा ५ विकेट गुमाएर १४८ रन बनाउन सफल भएको थियो । सो खेलमा विराट भण्डारीले ५४ बलमा ३४ रन बनाउन सफल भएका थिए ।
त्यस्तै देउखुरी क्रीकेट क्लबले १४९ रनको लक्ष्य लिएर खेल मैदानमा उत्रिएको थियो । आफ्नो निर्धारिक समय भित्र कुल २० ओभरमा ५ विकेट गुमाएर जम्मा १३४ रन मात्र बनाउन सफल भएको थियो । उक्त खेलमा अर्पण सेनचुरीले ४३ बलमा ४४ रन बनाउन सफल भएको थियो । सो फाइनल खेलमा घोराही क्रीकेट एकेडेमीले देउखुरी क्रीकेट एकेडेमी क्लबलाई १४ रनले पराजित गरेर पहिलो पुरस्कार आफ्नो हातमा पार्न सफल भएको छ ।
यसैगरी राजपुर गाउँपालिका स्तरीय क्रीकेट खेलमा राजपुर गाउँपलिका वडा नम्बर ७ पहिलो स्थान प्राप्त गरेको छ भने वडा नम्बर १ ले दोस्रो स्थान प्राप्त गरेको छ । त्यस्तै पालिका स्तरीय फुटबल प्रतियोगितामा वडा नम्बर ५ सालभौरी प्रथम भएको छ भने सोही वडाको चंगवा दोस्रो र वडा नम्बर ६ राजपुर तेस्रो भएको हो । यस्तै पालिका स्तरीय भलिबल प्रतियोगितामा वडा नम्बर ७ पहिलो भएको छ भने वडा नम्बर ४ दोस्रो र वडा नम्बर ६ खाङ्ग्रा नाका तेस्रो भएको छ । यस्तै ब्याडमिन्टनमा पहिलो अभिनास केसी,सालिक भण्डारी, दोस्रोमा बिष्णु गिरी,अर्जुन दुवे तेस्रो दिपक कुमार राना,बिशाल रिजालले प्राप्त गर्नु भएको खेलकुदका सहायक व्यवस्थापक अमृत खड्काले जानकारी दिनु भयो ।
महोत्सवका संयोजक तथा वडा नम्बर ५ क वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारीको अध्यक्षता तथा राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीको प्रमुख आतिथि तथा उपाध्यक्ष धनपतीदेवी यादवको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि केसीले खेल खेल्नको लागि पहिले खेलाडीहरुमा प्रमुख अनुशासन हुन जरुरी रहेको बताउनु भएको छ ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खेल खेल्ने खेलाडीहरुलाई खेलले आफ्नो पछाडिबाट धेरै ठुलो महत्त्व बोकेको छ भन्ने बुझ्नु पर्ने जरुरी रहेको बताउनु भयो । खेल विशेष गरि आफ्नो स्वास्थको लागि आफ्नो राष्ट्रको प्रगतिको लागि आफ्नो आर्थिक उन्नति र पहिचानको लागि पनि रहेकोले खेलाडी एउटा आफ्नो घर परिवारसंग सिमित नभएर राष्ट्रको गहनाको रुपमा रहने बताउनु भयो ।
त्यस्तै खेलाडीले खेल एउटा खेल्ने र मनोरञ्जन लिने मात्र नभएर एकअर्का प्रति जिम्मेवारी हुँदै अघि बढ्दै आफ्नो राष्ट्रको पहिचानलाई चिनाउन प्रमुख भुमिकामा रहनु पर्ने अध्यक्ष केसीले बताउनु भयो ।खेलमा पहिलो,दोस्रो र तेस्रो हुने खेलाडीलाई हार्दिक बधाई दिदै पराजित हुने खेलाडीहरुलाई, आफ्नो पराजितलाई जित सम्झेर निरन्तर अघि बढ्न समेत आग्रह गर्नु भएको छ ।
त्यस्तै कार्यक्रममा नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ (ख) का सचिव लालबिर खड्काले खेलको माध्यमद्वारा देशलाई विश्व सामु चिनाउनमा खेलाडीहरुको महत्त्वपूर्ण भुमिका रहने बताउनु भएको छ ।
खेलकुद महोत्सवको समापन कार्यक्रममा पुग्नु भएका सचिव खड्काले खेलमा कडा मेहनत गर्नु पर्ने र खेलसंगै पढाईलाई पनि विशेष ध्यान दिदै अघि बढ्न खेलाडीलाई सुझाव दिनु भयो । कार्यक्रमको विष्ट अतिथि समेत रहनु भएका सचिव खड्काले खेल जगतबाट अघि बढ्नको लागि पढाई एकदमै आवश्यक रहेकोले विश्व सामु बोलिने अङ्ग्रेजी भाषालाई पनि खेलको साथसाथै सिक्न बोल्न खेलमा सहभागी खेलाडीलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतीदेवी यादव,नेपाली काङ्ग्रेस दाङ जिल्लाका सदस्य कृष्ण बहादुर बस्नेत,नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ (ख) का सचिव लालबिर खड्का,नेपाल रेडक्रस सोसाइटी राजपुर गाउँपालिका वडा नम्बर ४ का सभापति राजकुमार यादव लगायतकाले बोल्नु भएको थियो ।
कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष भिमबहादुर खड्का लगायत अन्य अतिथिहरुको उपस्थितिमा खेलमा पहिलो,दोस्रो र तेस्रो हुने खेलाडी व्यवस्थापनमा खट्ने सम्पूर्णलाई आयोजकले पुरस्कार,मेडल तथा भव्य सम्मान गरेको थियो भने उक्त कार्यक्रमको संचालन वडा नम्बर ५ का सचिव साधाराम यादवले गर्नु भएको थियो ।
त्यस्तै सो कार्यक्रमको समापन गर्दै महोत्सवका संयोजक तथा वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारीले खेलकुद कार्यक्रममा सहभागी भएर खेललाई भव्यसभ्य बनाउन सहयोग गर्ने सम्पूर्ण खेलाडी एवं आम दर्शक सम्बन्धित निकायका प्रमुख ब्यक्तिहरुमा हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ ।
यसैगरी उहाँले क्रीकेट खेल पहिलोपटक जिल्ला स्तरीय खेलाउन खोजिएकोमा कतिपय मानिसद्वारा गलत टिक्काटीप्पनि भएको हुँदा नबुझी अनावश्यक गलत प्रचार र भ्रमित नहुन र नगराउन अनुरोध गर्नु भएको छ ।
हामीले अहिले निर्माण गरेको खेलमैदान पालिका र जिल्ला स्तरीयको लागि मात्र होइन सिंगो राष्ट्रिय खेलमैदान बनाउन खोजेका छौं,त्यसैले अब आगामी दिनमा सबै खेल जिल्ला स्तरीय हुँदै राष्ट्रिय स्तरीय खेल खेलाउने हाम्रो लक्ष्य रहेको हुँदा सक्दो सहयोग गर्न सम्पूर्ण सम्बन्धित निकायलाई अध्यक्ष भण्डारी अनुरोध समेत गर्नु भएको छ ।

