
Ksbus
Ksbus
Asbus
Ggp
Msbus
Lnp
Rgp
Sdc
Ggp

प्यूठान । प्यूठान जिल्लामा पहिलोपटक कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्यूठानका ५९ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वर्गद्धारी नगरपालिकाको केन्द्र अमंर क्याम्पस भिंगृको क्वारैन्टाइनमा बसेका वडा नम्वर ४ बाझिपुरका ५९ वर्षिय पुरुषलाई कोरोना पुष्टि भएको छ ।
उनि हालै भारतको चेन्नेईबाट आएपछि उनि क्वारेन्टाईनमा थिए। जेष्ठ १३ गतेबाट उनि क्वारेन्टाइनमा थिए।अमर क्याम्पसको क्वारेन्टाइनमा बसेका १० जनाको स्वाब संकलन गरि राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान दाङ पठाएका मध्ये ५९ बर्षीया एक पुरुषमा कोरोना पुष्ठि भएको स्वर्गद्वारी नगरपालिकाका स्वास्थ्य प्रमुख दल बहादुर के सि ले बताए । केसिका अनुसार उनको अबस्था सामान्य छ। कोरोना पुष्टि भएका उनलाई कहाँ कसरी ब्यबस्थापन गरिने सन्दर्भमा बैठक बसिरहेको के सि ले जानकारी दिए ।
यो संगै देशभर पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
