शिबराज पन्थी/गढवा शुक्रबार, फाल्गुण १३, २०७८

दाङ । गढवा स्थित वाल संसार एकेडमीको तेश्रो वाषिकोत्सव तथा अभिभावक दिवस शुक्रवार सम्पन्न भएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जय बहादुर चौधरीको अध्यक्षता भएको वार्षिकोत्सब समारोहको उद्घाटन चेतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसीले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी डिसीले एकेडमी वालवालीका स्याहार केन्द्र र शिक्षाको प्रारम्भिक ज्योति भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल हृदयरोग निवारण केन्द्र दाङका अध्यक्ष रविलाल आचार्य,नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाका सभापति दयाराम यादव र शेयर सदस्य लालबहादुर यादव लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सीपल सिर्जना धमला (खनाल)ले विद्यालयको संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा उत्कृष्ट अभिभावक शर्मिला दुधराज,बिरेन्द्र चौधरी र पुर्णिमा बुढा लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वर्षभरीको पठन–पाठनमा विद्यालय उत्कृष्ट हुने सोनम चौधरी,अन्य बिद्यार्थीहरु र अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयका प्रवन्धक निर्देशक माधव शर्मा (पण्डित)को स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन शेयर सदस्य कृष्ण पन्थीले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]