
Gms
ebg
Gsbus
Gsl
Ksbus
Gsbus
Nssbush
Bsbus
Rsbus
Ssbus
Ssbus
Lsbus
Gis
Ksbus
Gss
Pbu
Ksbus
Gsbus
Gis
Lsbus

Bbu
Pvg
Ssm
Hal
Rsb
nsb
Gst
Vor
Wsp
Bbbpu
Sls
Ksm
Tsm
Rgu
Rgu
Sbs
Ggd
Rgs
Asm

Syp
Ptm
Rmb
Abd
Rpp
Jmb
bbt
Jmb
Pls
Gsb
Mks
sab
Bml
बाँके । जानकी गाउँपालिकास्थित साइगाँउबाट प्रहरीले आज साढे तीन लाख मूल्य बराबरको प्याकिङ मासु बरामद गरेको छ ।
वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काको कमाण्डमा खटिएको टोलीले हाँस र कुखुराको प्याकिङ मासु बरामद गरेको हो । जानकी गाउँपालिका–१ साइगाँउबाट पाँच पेटी हासको मासु र ९ पेटी कुखुराको प्याकिङ मासु बरामद भएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार हासको मासुको नेपाली मूल्य १ लाख ९६ हजार कुखुराको मूल्य १ लाख ६२ हजार मूल्य बराबर रहेको छ । ४०५ किलो बोइलर १४० केजी हाँसको मासु बरामद भएको हो । हासको मासु ८०० रुपैयाँ किलो र कुखुराको मासु २२० मा होलसेलमा विक्री हुने गर्छ ।
उहाँका अनुसार यसअघि पनि त्यो क्षेत्रबाट कुखुरा तथा कुखुराको मासु बरामद हुँदै आएको थियो । तर यो मासुको प्याकिङमा भने मलेसिया डक उल्लेख गरिएको छ । प्रहरीले बरामद मासुबारे थप अनुसन्धान गरिरहेको छ । मासु कसरी आयो भन्नेबारे पनि अध्ययन भइरहेको प्रहरीले जनाएको छ।

