महेन्द्र सिंह/बाँके शुक्रबार, फाल्गुण १३, २०७८

बाँके । जानकी गाउँपालिकास्थित साइगाँउबाट प्रहरीले आज साढे तीन लाख मूल्य बराबरको प्याकिङ मासु बरामद गरेको छ ।

वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काको कमाण्डमा खटिएको टोलीले हाँस र कुखुराको प्याकिङ मासु बरामद गरेको हो । जानकी गाउँपालिका–१ साइगाँउबाट पाँच पेटी हासको मासु र ९ पेटी कुखुराको प्याकिङ मासु बरामद भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार हासको मासुको नेपाली मूल्य १ लाख ९६ हजार कुखुराको मूल्य १ लाख ६२ हजार मूल्य बराबर रहेको छ । ४०५ किलो बोइलर १४० केजी हाँसको मासु बरामद भएको हो । हासको मासु ८०० रुपैयाँ किलो र कुखुराको मासु २२० मा होलसेलमा विक्री हुने गर्छ ।

उहाँका अनुसार यसअघि पनि त्यो क्षेत्रबाट कुखुरा तथा कुखुराको मासु बरामद हुँदै आएको थियो । तर यो मासुको प्याकिङमा भने मलेसिया डक उल्लेख गरिएको छ । प्रहरीले बरामद मासुबारे थप अनुसन्धान गरिरहेको छ । मासु कसरी आयो भन्नेबारे पनि अध्ययन भइरहेको प्रहरीले जनाएको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]