
Pbu
Gsbus
Ssbus
Ksbus
Ses
Ksbus
Lsbus
Gis
Ksbus
Ssbus
Gis
Gss
Gsl
Gsbus
Bsbus
Gms
Gsbus
Gis
Ksbus
Lsbus

nsb
Asm
Gst
Vor
Sbs
Rgs
Tsm
Pvg
Hal
Ggd
Rgu
Bbbpu
Rsb
Ksm
Bbu
Sls
Wsp
Ssm
Rgu

Mks
Bml
Syp
bbt
Rmb
Jmb
sab
Rpp
Pls
Abd
Ptm
Gsb
Jmb
दाङ । खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिता–२०७८ मा दाङका दशवटै पालिकाहरुको सहभागिता हुने भएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा यहि फागुनको १६ गतेदेखि २२ गतेसम्म घोराहीस्थीत जिल्ला समन्वय समितिको खुल्ला मैदानमा हुन थालेको प्रतियोगितामा जिल्लाका दशवटै पालिकाहरुको सहभागीता रहने भएको हो ।
आयोजक खुमबहादुर खड्का स्मृति खेलकुद समितिका संयोजक राजु आचार्यका अनुसार फागुन १० गतेसम्म दाङका दुई वटा उपमहानगरपालिका, एक नगरपालिका र सात वटा गाउँपालिकाको टिमहरु प्रतियोगितामा सहभागीताका लागि टिम दर्ता गराएको जानकारी दिएका छन् । संयोजक आचार्यका अनुसार प्रतियोगिताको खेल कार्यतालिका फागुन १२ गते विहीवार प्रकाशित गरिने भएको छ ।
प्रतियोगिताका नजिकिदै गर्दा प्रचारप्रसारदेखि, कोर्ट निर्माण, खेलकुद सामग्री जुटाउने, बिजेताका लागि शिल्ड, प्रमाणपत्र छपाईलगायतको सम्पूर्ण तयारीलाई अघि बढाइएको आयोजक खुमबहादुर खड्का स्मृति खेलकुद समिति दाङले जनाएको छ । जिल्लामै पहिलो पटक हुन थालेको सर्वाधिक राशीको भलिबल प्रतियोगितालाई सव्य र भव्य बनाउनका लागि समितिले तयारी स्वरुप काम गरिएको संयोजक आचार्यले जानकारी दिएका छन् ।
जिल्लामा सवैभन्दा ठुलो धन राशीको प्रतियोगिताको बिजेता टिमले नगद एक लाख ७५ हजार रुपैया र उपबिजेता हुने टिमले नगद ८७ हजार पाँच सय रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई नगद पाँच हजार एक सय रुपैया पुरस्कार प्रदान गरिने भएको छ ।
लिककम नकआउटको आधारमा खेलाइने खेलमा प्रत्येक टिमले दुई जना जिल्ला बाहिरका खेलाडीहरुलाई सहभागी गराउन पाउने व्यवस्था गरिएको खुमबहादुर खड्का स्मृति खेलकुद समितिका संयोजक आचार्यले बताएका छन् । प्रतियोगिताले खेलाडीहरुको हौसल्ला बढाउनेदेखि गाउँस्तरमा रहेका खेलाडीहरुको प्रतिभा पहिचानका लागि समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री समेत रहेका स्वर्गीय नेता खुमबहादुर खड्काको २०७४ चैत १६ गते उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थीत एपोलो ६७ बर्षको उमेरमा निधन भएको थियो ।
