
pku
Ggp
Rgp1
Gfs
Unsku
Lnp
Rgp
Sgr
Ses
cjs
Srbpu
Djs
Pbu
Pes

Ggd
Asm
Vor
Hal
Sls
Rgu
Rsb
Ksm
Rgu
Bbu
Wsp
Bbbpu
Rgs
Ssm
Pvg
Gst
Tsm
Sbs
nsb

Syp
Pls
sab
Bml
Rpp
Ptm
bbt
Mks
Abd
Jmb
Rmb
Gsb
Jmb
काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्बन्धी सम्झौता संसदमा टेबल भएको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्झौता अनुमोदनका लागि संसदमा टेबल गरेका हुन्।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधबीच मन्त्री कार्कीले अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट उक्त सम्झौता टेबल गरेका हुन् । एमसिसी अनुमोदनका लागि टेबल गर्नुअघि बोल्दै मन्त्री कार्कीले यो परियोजना नेपालको बिजुली प्रसारण लाइन र विभिन्न सडक खण्डको स्तरोन्नतिका लागि अमेरिकाले दिने सहयोग भएको बताएका थिए।
यसअघि आज बिहान बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले एमसिसी संसदमा टेबल गर्ने सहमति गरेको थियो । २०७६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एमसिसी सम्झौता अनुमोदनका लागि संसदमा प्रस्ताव दर्ता गरेको थियो। प्रस्ताव दर्ता भए पनि नेकपाको आन्तरिक विवादका कारण सभामुखले टेबल गर्न दिएका थिएनन्।
सत्तारूढ गठबन्धनमा लामो विवाद र बहसपछि एमसिसी संसद बैठकको कार्यसूचीमा परेको हो। अर्को बैठक फागुन १२ गते दिउँसो १ बजे बस्नेछ। त्यही बैठकबाट एमसिसी सम्झौतामाथि छलफल सुरू हुने सम्भावना छ ।
