
Pes
Rgp1
Unsku
Lnp
Gfs
Ses
Sgr
Rgp
Pbu
Ggp
pku
Srbpu
Djs
cjs

Ggd
Bbu
Bbbpu
Rgu
Ssm
Ksm
Vor
nsb
Asm
Rsb
Sbs
Wsp
Rgu
Sls
Tsm
Pvg
Rgs
Hal
Gst

Rmb
Abd
Gsb
Jmb
Syp
sab
Pls
Mks
Ptm
Jmb
bbt
Bml
Rpp
दाङ । नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलले आज अर्थमन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ लाई भेटी श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई सरकारी सेवासुविधाबाट बञ्चित गर्न आग्रह गरेको छ । प्रतिनिधिमण्डलका तर्फबाट महासंघ वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरीले यस्तो आग्रह गर्नुभएको हो ।
महासंघको टोलीले नेपाल सरकारले आर्थिक वर्ष २०७८र०७९ को बजेटमार्फत महासंघ र सञ्चार क्षेत्रलाई विनियोजित बजेटको कार्यान्वयनमा ल्याउन, पत्रकारलाई निःशुल्क उपचारको व्यवस्था गर्न, कोरोनाले मिडियामा पारेको प्रभाव न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न र कोभिड प्रभावित पत्रकारका लागि लेखनवृत्तिको व्यवस्था गर्न मन्त्री शर्मासमक्ष आग्रह गरेको छ । महासंघले कोभिडका कारण सहुलियतपूणर् ऋण लिने सञ्चारमाध्यमको अनुगमन गर्न र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई सहुलियतपूणर् कर्जा प्रवाह नगर्नसमेत आग्रह गरेको छ । साथै, महासंघको निर्माणाधीन भवनको लागि बजेट व्यवस्था गर्न पनि आग्रह गरेको छ । भेटघाटका क्रममा मन्त्री शर्माले महासंघले उठाएका विषयवस्तुलाई सकारात्मक रूपमा लिँदै त्यसको कार्यान्वयनमा सरकारको तर्फबाट कुनै कसर नराखिने प्रतिवद्धता व्यक्ति गर्नु भयो ।
त्यस्तै उहाँले तत्कालका लागि पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिने बताउनु भयो । मन्त्री शर्माले अनलाइनलाई तत्काल वर्गीकरणको प्रक्रियामा लान बजेट छुट्याइएको बताउँदै महासंघको निर्माणाधीन भवनको लागि भवन निर्माण विभागमार्फत प्रक्रिया अगाडि बढाई आवश्यक सहयोग गर्ने बताउनु भयो । प्रतिनिधिमण्डलमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजुवाल र केन्द्रीय सदस्य विकास कार्की सम्मिलित हुनुहुन्थ्यो ।
