
Pbu
Rgp1
sbs
Gis
Ggp
Djs
Sds
Rmb
Unsku
Rgp
Srbpu
pku
Pes
Gfs
Lnp
Cps
Sgr
cjs
Rgp

Rgu
Pvg
Rgs
Bbbpu
Sls
Hal
Rgu
Gst
Rsb
nsb
Bbu
Ggd
Tsm
Ssm
Vor
Wsp
Sbs
Asm
Ksm

Pls
Abd
bbt
Rpp
Rmb
Syp
Jmb
Jmb
Gsb
Bml
Mks
sab
Ptm
दाङ । घोराही कारागारबाट भागेको एक महिनापछि पक्राउ परेका कैदी यमराज परियारलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ। कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका परियार गत पुस ८ गते भागेका थिए।
प्रहरीले उनलाई भारतको पन्जाबबाट पक्राउ गरेर कारागार प्रशासनले बुधबार अदालतमा बुझाएको थियो। दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले कैदी परियारलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।
परियारको बयान र थुनछेकपछि मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भएकाले पुर्पक्षका लागि कारागार चलान गरिएको अदालतका श्रेष्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिए । कारागारका नाइकेसमेत रहेका परियारले कारागार भित्रै आर्थिक चलखेल गरेर भागेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
प्रेमिकाको हत्या मुद्दामा २० वर्ष कैद सजाय पाएका परियारले साढे ७ वर्ष कैद भुक्तान गरेका थिए। कानुनमा कैदी कारागारबाट भागेको खण्डमा कारागार ऐन २०१९ को दफा २४ को ३ मा पक्राउपछि निजलाई बाँकी कैदको डेढी बढाई कैद सजायको व्यवस्था रहेको छ।
