
Pbu
Ksm
Rbs
Anm
Gmk
Gisld
mbd
Mbdvs
Sds
gst

Hal
Asm
Bbbpu
Sls
Sbs
Ggd
Gst
Wsp
Vor
Ksm
Rsb
Rgs
Bbu
Ssm
nsb
Rgu
Pvg
Rgu
Tsm

Bml
Abd
Gsb
sab
Pls
Syp
Ptm
bbt
Jmb
Jmb
Rpp
Mks
Rmb
आन्तरिक तथा बाहृय पर्यटकको लागी अर्घाखाँचीको छत्रदेव गाउँपालिका–२ स्थित ऐतिहासिक बल्कोट पौवा, एक महत्वपुर्ण गन्तव्य हाे । यहा आन्तरिक तथा बाहृय पर्यटकहरुको आवागमन भईरहन्छ। तत्कालिन राणा शासक जंगवहादुर राणाकाे अर्घाखाँचीकै मथुरामा जन्म भई यसै पाैवामा ल्याई न्वारान गरिएकाे ईतिहाँसमा उल्लेख छ । उक्त पाैवा वि.सं. १९०४ मा तात्कालिन कर्नेल सदनसिंह टण्डनलाई दरबार निर्माणकाे लागी खटाएका थिए। स्थानियका अनुसार उनै टण्डनको अगुवाईमा एकदशक लगाएर दरबार निर्माण गरिएकाे बताईन्छ । जंगबहादुर स्वयंले आफू जन्मिएको लाम्पाटीमा पौवा तथा बगैँचा र न्वारन भएको ठाउँ बल्कोटमा विचित्रको पौवा निर्माणका लागि कर्णेल सनदसिंहलाई पठाएका थिए । पौवाभित्र बैठक कक्षसमेत छ ।नेपाली राजनीतिमा जंगबहादुरको चर्चा हुन्छ। इतिहासको खलपात्रका रूपमा उभ्याइएका थिए उनि। राणाले प्रधानमन्त्री भएपछि आफु जन्मेको ठाउ“लाई दरबारै बनाएको बताईन्छ । यो दरवार बिक्रम सम्बत १९० ४ सालमा निर्माण गर्न सुरु गरिएको थियो। यद्धपी यहा खाली जग्गा पनि छ। यहाँ राजनीतिक भेटघाट तथा कार्यक्रमहरु समेत हुदै आएका छन ।कलात्मक रूपमा निर्माण गरिएको बीसखुट्टे दरवार नेपालमै नौलो मानिन्छ ।
राणाशासन रहदासम्म रेखदेर र संरक्षण पाएपनी त्यसपछि बेसारिसे जस्तै बन्दै गएको यो दरवारको संरक्षणको प्रयास समेत थालिएको छ। आकर्षक एवंम कलात्मक शैलिमा निर्माण गरिएकाे उक्त पाैवा परिसरमा शिवालय लगायत अन्य मठ मन्दिरहरु पनि छन् । हिजोआज ऐतिहासिक उक्त पाैवाकाे पुनर्निर्माण तथा रङ राेगन गरि चिटिक्क पारिएकाे छ । श्री परशुरामेस्वर मन्दिर सञ्चालक समिति बलकोट पौवाले यहाँ आई पाैवाकाे अवलाेकन गरि जिल्लाकाे पर्यटन प्रवर्दनमा सहयाेग पुर्याउन सबैसँग आग्रह गरेकाे छ ।
नाम कसरी रहयो त जंग बहादुर?
जंगबहादुरको बुवा बालनरसिंह राणा आर्मी अफिसर थिए । उनी बारुदखाना प्यूठानको प्रमुख थिए । १८६० को दशकमा जुम्लाको सिंजा प्रान्तमा गुठीको जग्गाले विवाद बढायो । विवाद बढेपछि गुठीको विवाद समाधान गर्न बालनरसिंहलाई १८६९ मा जुम्ला खटाइयो । जुम्लामा उनी श्रीमतीलाइ लिएर गएका थिए । जुम्लामै रहँदा श्रीमती गर्भवती भइन । त्यो समयमा गर्भवती हुँदा माइती जाने प्रचलन थियो । उनी तत्कालीन प्रधानमन्त्री भिमसेन थापाकी बहिनी थिइन् । जुम्लाबाट माइती गोर्खा जाने क्रममा अर्घाखाँचीको वांगलामा रहेका लामपाटी अर्थात मथुरामा १८७४ सालमा उनले ७ महिनामा बच्चा जन्माइन् । जंगबहादुर ७ महिनामा जन्मिएका थिए । त्यसबेला लामपाटीमा घनाघोर जंगल थियो । नजिकैका पाण्डे थरका कृषकहरुले उनको स्याहारसुसार गरेको र पछि बल्कोटको पौवा रहेको स्थानमा लगि सुत्केरी र बच्चालाइ राखेका थिए । त्यहाँ स्थानीय खनाल थरका ब्राह्मणहरुले न्वारन गराएर त्यो बालकको नाम वीरनरसिंह राखेको यदाकदा बताईन्छ । सुत्केरी दरिली भएपछि उनी माइती गोर्खा गएकी थिइन । पछि वीरनर सिंह जंगे स्वभावको भएको हुनाले उनको नाम जंगबहादुर रहेको थियो भनेर इतिहासका पुस्तकहरुमा पढ्न पाईन्छ । जंगबहादुरको जन्म कतिले गोर्खामा र कतिले काठमाडौंको थापाथलीमा भएको भन्ने गरेका छन् । उनी लाम्पाटीमा जन्मिएका थिए । त्यसैले जन्मको बारेमा एउटै ठाउँ कसैले भन्न नसकेको इतिहासकारहरुको भनाई रहेको छ ।
