सन्तोष अर्याल/काठमाडौं आइतबार, माघ ०९, २०७८

रौतहट । रौतहट सदरमुकाम गौरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पुत्ला जलाइएको छ । हिंसा भड्काउने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवको बर्खास्ती माग गर्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघले रौतहट सदरमुकाम गौरमा प्रदर्शन गरेको छ ।

संघको केन्द्रीय सदस्य निवेश यादवको नेतृत्वमा सयौं युवाहरु सडकमा उत्रिएर नाराबाजी सहित प्रदर्शन गरेका छन् । एमाले पार्टी कार्यालयबाट सुरु भएको र्याली बिपी चौकमा गएर कोणसभामा परिणत भएको थियो । प्रदर्शनको नेतृत्व गरेका एमाले जिल्ला सदस्य समेत रहेका संघका केन्द्रिय सदस्य यादवले तत्काल मन्त्री रेणुलाई बर्खास्त गर्न माग गरे । साथै गौर हत्याकाण्डको फाइल पुन: खोलेर दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदर्शनमा युवा नेताहरु मुन्ना कुमार यादव, बालाशंकर कुश्वहालगायतले अगुवाई गरेका थिए । गत माघ ५ गते मन्त्री यादवले पुन: गौर हत्याकाण्ड गराइदिने भन्दै हिंसा भड्किने अभिव्यक्ति दिएपछि संघले मधेशभर प्रदर्शन गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]