
Ggp
Rgp
Rgp1
Djs
Gfs
Lnp
Srbpu
cjs
Pbu
Unsku
Sgr
Ses
pku
Pes

Sls
Bbu
Vor
nsb
Tsm
Rgu
Rsb
Sbs
Rgu
Hal
Asm
Ksm
Bbbpu
Ggd
Wsp
Gst
Rgs
Ssm
Pvg

Ptm
Pls
Rmb
sab
Mks
Jmb
Rpp
Bml
Jmb
bbt
Gsb
Syp
Abd
रौतहट । रौतहट सदरमुकाम गौरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पुत्ला जलाइएको छ । हिंसा भड्काउने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवको बर्खास्ती माग गर्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघले रौतहट सदरमुकाम गौरमा प्रदर्शन गरेको छ ।
संघको केन्द्रीय सदस्य निवेश यादवको नेतृत्वमा सयौं युवाहरु सडकमा उत्रिएर नाराबाजी सहित प्रदर्शन गरेका छन् । एमाले पार्टी कार्यालयबाट सुरु भएको र्याली बिपी चौकमा गएर कोणसभामा परिणत भएको थियो । प्रदर्शनको नेतृत्व गरेका एमाले जिल्ला सदस्य समेत रहेका संघका केन्द्रिय सदस्य यादवले तत्काल मन्त्री रेणुलाई बर्खास्त गर्न माग गरे । साथै गौर हत्याकाण्डको फाइल पुन: खोलेर दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रदर्शनमा युवा नेताहरु मुन्ना कुमार यादव, बालाशंकर कुश्वहालगायतले अगुवाई गरेका थिए । गत माघ ५ गते मन्त्री यादवले पुन: गौर हत्याकाण्ड गराइदिने भन्दै हिंसा भड्किने अभिव्यक्ति दिएपछि संघले मधेशभर प्रदर्शन गरेको छ ।
