
Gipsg
Gipsg
gst
Gst
Unsku
Sebsg
Pbu
Gsg
Gmssl

Wsp
Sbs
Sls
Asm
Rgu
Rgs
Vor
Gst
Ssm
Rgu
Pvg
Ksm
Bbu
Tsm
Bbbpu
Hal
Rsb
Ggd
nsb

Mks
Rpp
Pls
bbt
Jmb
Rmb
Jmb
sab
Abd
Bml
Syp
Ptm
Gsb
दाङ । देउखुरीको गढवा स्थित पौष्टिक कृषि सहकारी संस्थाको आठौं बार्षिक साधारणसभा सोमवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष हुमाकान्त सुवेदीको अध्यक्षता र गढवा गाउँपालिका कृषि बिकास शाखाका अधिकृत शिसीर रेग्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा परि कृषि सहकारी संस्थाका सचिव ताराप्रसाद ढुंगाना,गढवा गाउँपालिकाका पे्रस संयोजक शिबराज पन्थी,अनुगमन संयोजक लिलाधर आचार्य लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा संस्थाका सचिव खुमानन्द पोखे्रलले संस्थागत प्रतिवेदन तथा बार्षिक कार्यक्रम र संस्थाका कोषाध्यक्ष टोपलाल सुवेदी(सागर) ले २० लाख ८६ हजारको आयब्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा संस्थाका पुर्व ब्यवस्थापक लेखराज पण्डित र संस्थापक शेयर सदस्य इशवरा आचार्य लाई दोसल्ला आढाएर सम्मान गरिएको थियो ।
त्यस्तै साधारणसभाले उत्पादन मुलक कृषि क्षेत्रमा सुरक्षित लगानी गर्ने,शेयर सदस्य संख्या बृद्धि गर्ने,सदस्यता परिचय पत्र बितरण गर्ने,कार्यालय ब्यवस्थापन गर्ने र किसानहरुका लागि मलखाद वितरणमा थप प्रभावकारीता दिने निर्णय गरेको अध्यक्ष हुमाकान्त सुवेदीले जानकारी दिनुभयो । संस्थाका उपाध्यक्ष रुमा अर्यालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन सदस्य पटवारी यादवले गर्नुभएको थियो ।

