Sidha Patra मंगलबार, पुष २०, २०७८

दाङ । घोराही उपमहानगरपालिकाले आज देखी विद्यार्थीहरुलाई कोरोना बिरुद्धको खोप लगाउने भएको छ ।

नगर भित्रका सामुुदायिक तथा संस्थागत विद्यालय मै खोप केन्द्र सञ्चालन गरेर कोरोना बिरुद्धको खोप लगाउने भएको हो । हिजो नगरमा बसेको बैठकले १२ बर्ष देखी १७ बर्ष उमेर समूूहका विद्यार्थीहरुलाई आज देखी २४ गते सम्म मोडेर्ना खोप लगाउने निर्णय गरेको हो ।

त्यस्तै २५ हजार ९ सय ४० जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिईएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुुभएको छ । सम्भव भए सम्म प्रत्येक विद्यालय र नजिक भएका विद्यालयहरुलाई निश्चित विद्यालयमा खोप केन्द्रको व्यवस्था गरिएको उहाँको भनाई छ ।

यसैगरी कार्यक्रममा स्वास्थ्य शाखाका ठाकुुर खनालले नगरमा अहिले सम्म ९८ प्रतिशत नागरिकहरुले कोरोना बिरुद्धको पहिलो डोज खोप लगाएको जानकारी दिनुुभयो । एक लाख २१ हजार ७ सय ९३ जनाले पहिलो डोज र ७३ हजार ४ सय ६५ जना अर्थात ५९ प्रतिशतले दोस्रो डोज खोप लगाएका छन् ।

यसैबिच जिल्लाभर ८५ प्रतिशत नागरिकले पहिलो डोज र ५२ प्रतिशत नागरिकले दोस्रो डोज खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]