
Gipsg
Gsg
Sebsg
gst
Gst
Pbu
Gmssl
Unsku
Gipsg

Sbs
Tsm
Pvg
Rgu
Sls
Rgu
Bbbpu
Ggd
Bbu
Vor
Ksm
Wsp
Hal
Asm
nsb
Ssm
Gst
Rgs
Rsb

Abd
Rmb
Rpp
Mks
Jmb
bbt
Syp
Bml
Gsb
Pls
sab
Ptm
Jmb
काठमाडौं । आउँदो माघमा हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि सत्ता गठबन्धनबीच भाडबन्डा भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमवार बसेको सत्ता गठबन्धनको बैठकमा सत्ता साझेदार सबै दलले राष्ट्रिय सभा सदस्यमा भागबन्डा गरेका हुन् ।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलका अनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै ६ जना सदस्य पाएको छ । यस्तै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पाँच/पाँच, जनता समाजवादी पार्टीले दुई र राष्ट्रिय जनमोर्चाले एक जना सदस्य पाउनेछन् । चुनावमा सत्ता गठबन्धनबीच सहमति भएकाले गठबन्धनकै उम्मेद्वारले जित्ने पक्का जस्तै भएको छ ।
राष्ट्रिय सभा सदस्यको चुनावका लागि भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका छ । राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आउँदो फागुन २१ गते सकिँदैछ । त्यसमध्ये एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत सदस्य हुने भएकाले बाँकी १९ पदका लागि आउँदो माघ १२ गते चुनाव हुन लागेको हो ।
चुनावमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । देशभरिबाट प्रदेश सभा सदस्यहरू पाँच सय ३२ जना, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख तथा उपप्रमुखहरू १४ सय ९३ गरी जम्मा दुई हजार २५ मतदाता रहेका छन् । आयोगले सात प्रदेशमा मतदानस्थल तोकिसकेको जनाएको छ ।
