
Bsn
Ksb
Ksb
Gsb
Ssb
Csb
Rsb
Nsb
Usb
Ppu
jsb
Fmb
Rks
Ssb
Ksb
Tgp

Hl1
Tsb
Usb
Ssb
Gsb

ptl
Rgu
Nps
दाङ । नेपाल रेडक्रस सोसाइटी घोराही उप–शाखा दाङको ११ औं सभा आज सम्पन्न भएको छ ।
उप–शाखाका सभापति थम्मन चौधरीको अध्यक्षता तथा उप–सभापति मदन गौतमको प्रमुख आतिथ्यता एवं सस्थापक सभापति राम दयाल गुप्ताको विशिष्ट आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
त्यस अबसरमा सचिव इन्द्र वुढाथोकीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष चिरञ्जीवि वुढाथोकीले वार्षिक आयव्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अपाङ्ग मानव अधिकार सरोकार मञ्च दाङका अध्यक्ष शिव घर्ती, विजौरी उप शाखाका सभापति केशव शर्मा, लुमासिङ बस्नेत, रावित्रा राना लगाएतकाले बोल्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी घोराही उप–शाखाका उप–सभापति निशान्त आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण इन्द्र वुढाथोकीले गर्नुभएको पत्रकार विष्णु आर्टले जानकारी दिनुभएको छ ।
