Sidha Patra शुक्रबार, पुष १६, २०७८

सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले उपभोक्ता समितिबाट डेढ लाख घुस लिएको अभियोगमा वडा अध्यक्ष विरुद्ध मुद्दा दायर गरेकाे छ।

सर्लाहीको इश्वरपुर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष राम दुलार साह सहित तीन जनालाई आयाेगले मुद्दा दर्ता गरेकाे हाे। साेहि वडाका दुईजना वडा सदस्य सोनेलाल साह रौनियार र उमेश राय विरुद्ध पनि अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौमा मुद्दा दायर गरेकाे बताएको छ।

त्यस्तै वडा अध्यक्षले साहले भलुवाई सडक निर्माण कार्य काम सम्पन्न पश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्नकाे सिफारिस गरिदिए वापत घुस लिन वडा सदस्यहरूलाई निर्देशनमा वडा सदस्यहरु उमेशले लिएर सोनेलाललाई राख्न दिएको अनुसन्धानबाट खुलेकाे छ। १ लाख ५० हजार घुस मागेकाे भन्ने उजुरी आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएकाे टोलीले वडा सदस्य सोनेलाल र उमेशलाई सेवाग्राहीबाट रु. १,५०,००० लिइसकेको अवस्थामा गत कार्तिक २९ गते नियन्त्रणमा लिइएको आयाेगले जनाएको छ।

यस्तै उनिहरु माथि अनुसन्धान गर्दा वडा अध्यक्ष साहले बार्गेनिङ गरेर नै घुस लिन वडा सदस्यलाई निर्देशन दिएकाे खुलेपछि उनिहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको ठहरिएको आयाेगका प्रवक्ता नारायण प्रसाद रिसालले बताए।

उनिहरु विरुद्ध बिगो रु.१,५०,००० (एक लाख पचाँस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गर्न मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ बमोजिम मुद्दा दर्ता गरिएको प्रवक्ता रिसालले बताए।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]