
Gmssl
Gst
Unsku
Sebsg
Gipsg
Gsg
Gipsg
Pbu
gst

Rgu
Rsb
Asm
Sls
Hal
Bbbpu
Sbs
Tsm
Bbu
Ggd
Gst
Rgs
Ssm
Wsp
nsb
Rgu
Ksm
Vor
Pvg

Abd
Jmb
Syp
Rpp
Jmb
Bml
Rmb
sab
Pls
bbt
Gsb
Ptm
Mks
दाङ । कराँते र तेक्वान्दो खेल्ने सेतो ड्रेसमा सजिएका विद्यार्थी हरुको हुल बिहानै आठबजे गढवा स्थित इलाका प्रहरी कार्यालय अगाडी जुट्यो । कसैले कुचो समाएको त कसैले डोका र ब्यानर समाएका थिए । एकैछिन पिछ प्रहरी कार्यालयबाट पनि सुरक्षाकर्मिहरुको जमात कुचो समाएर निस्कीयो । सोही कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष लगायतको टोली,गढवा गाउँपालिकका वडा नं.६ का वडा अध्यक्ष बालचन्द्र ठकूरी हमाल,गढवा खानेपानी संस्थाका अध्यक्ष लगायतको टोली, तथा गढवा तेकवान्दो डोजाङका संचालक प्रशिक्षक किरण पौडेल र पत्रकारहरुको सहभागिता देखियो । बजारको चौराहाबाट स्थानीय ब्यवसायिहरुले मसिनरी नियाली रहेका थिए । यसैबिचमा टोलीले इलाका प्रहरी कार्यालय गेटनिरबाट सडकका दुवै साइडमा सरसफाई अभियान सुरु गर्यो ।
प्रसंग हो–हाम्रो दाङ हाम्रो सान,सरसफाई हाम्रो पहिचान भन्ने मुल नाराका साथ मैनादेवि फाउण्डेशन दाङले शुक्रवार बिहानै गढवा बजार सरसफाई गर्न थालेको दृष्यको । उक्त फाउण्डेशनले दाङले जिल्लाका सबै बजारहरु सरसफाई गर्ने अभियान सुरु गरेको इन्चार्ज अंकित खनालले बताउनु भयो । अभियान अन्तर्गत बिहिवार देउखुरीको लमही बजार सरसफाई गरिएको छ भने शुक्रवार गढवा बजारमा सरसफाई गरिएको फाउण्डेशनले जनाएको छ । म बदलीन्छु अनि मात्र मेरो देश बदलिन्छ भन्ने अभियानका साथ देउखुरी उद्योग बाणिज्य संघको सहकार्यमा यो कार्यक्रम अगाडी बढाइएको छ । शुक्रवार गढवा उद्योग बाणिज्य संघ,स्थानीय सरकार,सुरक्षा निकाय,गढवा खानेपानी सरसफाई संस्था,गढवा र ज्ञानज्योति तेक्वान्दो डोजाङ तथा संचारकर्मिहरु संगको समन्वय र सहकार्यमा गढवा बजार सरसफाई गरिएको छ । बजार क्षेत्रका ब्यवसायिहरुलाई आ–आफ्नो अगाडी सरसफाई राख्ने सन्देश प्रवाह गर्न जिल्लाभर यो अभियान संचालन गरिएको हो ।
गतबर्ष गढवा बजारमा वडा कार्यालयले पसल अगाडी फोहर जम्मा गर्न भनि केहि ब्यवसायिहरुलाई डष्टविन वितरण गर्यो । तर अहिले एकाध बाहेक कसैको पसल अगाडी डष्टविन देखिन्नन् । आफ्नो पसल अगाडीको फोहर आफैले ब्यवस्थापन गर्न कुचो समाएर बजार बढार्न हिड्नुभएका वडा अध्यक्ष बालचन्द्र ठकूरी हमालले ब्यवसायिहरुलाई आग्रह गर्नुभयो । बिद्यार्थीहरुले एक दिन आएर बजार सफाई गरेर मात्र हुन्न । यो त ब्यवसायिहरुलाई खर्बदारी गरेको दृष्य हो । हामी सबै सरसफाईमा आफै जागरुक हुनु पर्दछ–हमालले भन्नुभयो । गाउँपालिकाको टेयाक्टरले फोहर उठाएर लैजाने ब्यवस्था गरेको छ । अब सबै ब्यवसायिहरुलाई आफ्नो पसल अगाडी अनिवार्य डष्टविन राख्ने अभियान संचालन गरि फोहर ब्यवस्थापन गर्ने योजनामा छौं–गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढामगरले भन्नु भयो ।
विद्यार्थीहरु त बजारबासीलाई सरसफाई सन्देश दिन आएका हुन । आफ्नो पसल र घर अगाडीको फोहर आफैले ब्यवस्थापन गर्नुपर्छ–नेपाली काँगे्रस गढवाका सभापति किरण पौडेलले भन्नुभयो । जिल्लाका सबै बजारहरुमा यसरी अभियान थालेर मैनादेवि फाउण्डेशन धन्यवादको पात्र मात्र होइन सामाजिक रुपमा आफु बदलिएर अरुलाई बदल्न सिकाऔं भन्ने गतिलो सन्देश प्रबाह गरेको स्थानीय जानकारहरु बताउँछन् ।

