
ebg
Lsbus
Ksbus
Gis
Gsbus
Ksbus
Rsbus
Ksbus
Gss
Ksbus
Gsbus
Gsl
bpmhl
Bsbus
Ssbus
Ssbus
Nssbush
Gms
Pbu
Ses

Rsb
Ggd
Wsp
Rgu
Ksm
Pvg
Rgs
Gst
Tsm
Rgu
nsb
Hal
Bbbpu
Sbs
Ssm
Sls
Vor
Bbu
Asm

Abd
Mks
Jmb
Syp
Rpp
Bml
Gsb
Jmb
bbt
Ptm
Pls
sab
Rmb
दाङ । दाङमा आजदेखि राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगितामा शुरू भएको छ । दाङसहित देशभरका २८ टिमको सहभागिता रहेको प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को कभर्डहलमा शुरू भएको हो ।
नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा युथ अफ तुलसीपुरको आयोजनामा राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगिताको आयोजना गरिएको हो ।
त्यसैगरी प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री सुरेन्द्र हमालले गर्नुभएको हो । मन्त्री हमालले खेलखुदले आपसी मेलमिलापको सन्देश दिने बताउनुभयो । उहाँले कोरोना महामारीका कारण थला परेको अवस्थामा खेलकुद क्षेत्रलाई युथ क्लबले राष्ट्रियस्तरको प्रतियोगिता संचालन गर्दा खेलाडी र खेलप्रेमीलाई उत्साह थपेको बताउनुभयो ।
यस्तै मन्त्री हमालले खेलकुदको विकास र प्रवद्र्धनमा स्वर्गिय नेता खुमबहादुर खड्काको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो । उहाँले खेलकुदले मेलमिलापको सन्देश दिने बताउँदै टेबलटेनि प्रतियोगितालले स्वर्गीय नेतालाई स्मरण गराएको पनि बताउनुभयो । टेबलटेनिसका केन्द्रीय उपाध्यक्ष विजेन्द्र हमालले खेलकुदमा राज्यको लगानी पर्याप्त नभएको बताउनुभयो । उहाँले कारोनाले खेल गतिविधि कम हुँदै गएको अवस्थामा अहिलेको प्रतियोगिताले खेलाडीमा उत्साह थप्ने बताउनुभयो ।
त्यस्तै उद्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि शम्भु शाह, कांग्रेस नेता महादेव शाह, छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसी, नेपाल तरूण दल दाङका सभापति टिका घर्तीले टेबलटेनि प्रतियोगिताले खेलाडीलाई उत्साह थपेको नभई स्वर्गिय नेता खड्को योगदानलाई स्मरण गराएको बताउनुभयो । युथ अफ तुलसीपुरका अध्यक्ष बसन्त गीरीको अध्यक्ष तथा लुम्बिनी प्रदेशका बन तथा वावतारणमन्त्री सुरेन्द्र हमालको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो । युथ अफ तुलसीपुरका सल्लाहकार अरुण लहरको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण प्रतियोगिताको प्रचारप्रसार संयोजक किरण केसीले गर्नुभएको हो ।
यस्तै प्रतियोगितामा २५ जिल्ला र ३ विभागीय टिमको सहभागिता रहेको छ । पुरस्कारको राशी ३ लाख ८० हजार रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा मेन्स टीम र बुमेन्स टिमको प्रथम पुरस्कार ३० ÷ ३० हजार, द्धितिय पुरस्कार १५÷१५ हजार , तृतीय पुरस्कार नगद ५÷५ हजार र सान्तोना पनि ५÷५ हजार प्राप्त गर्ने छन् ।
त्यस्तै मेन्स र बुमेन्स सिंगलतर्फ नगद ४०÷४० हजार , द्वितिय पुरस्कार २०÷२० हजार, तृतीय र सान्तोना पुरस्कार ५÷५ हजार रहेको आयोजकले जनाएको छ । यस्तै मेन्स र बुमेन्सको जुनियरतर्फ प्रथम पुरस्कार ३०÷३० हजार, द्वितीय पुरस्कार १५÷१५ हजार र तृतीय र सान्तोना नगद ५÷५ हजार पुरस्कार राशी रहेको छ । प्रतियोगिता पर्सि १८ गतेसम्म संचालन हुने आयोजक युथ अफ तुलसीपुरका अध्यक्ष गिरीले जानकारी दिनुभयो ।
