Sidha Patra शुक्रबार, पुष ०९, २०७८

दाङ । घोराही स्थित कारागारबाट उपचारका लागि अस्पताल लगेको अबस्थामा भागेका एक जनाकैदीको खोजी गर्न जिल्ला प्रहरी कार्यालय दाङले डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरेको छ ।

कर्तव्य ज्यान मुुद्धामा २० बर्ष कैद तोकिएका राजपुर गाउँपालिका ३ घर भएका २९ बर्षिय यामराज परियारलाई छाला उपचार गर्न हिजो राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा लगिएको अबस्थामा प्रहरीकै मोटरसाईकल लिएर भागेका छन् ।

परियारलाई उपचार गर्न लगेका प्रहरी जवान धनबहादुर चौधरीको लु ३१ प ४१० नम्बरको १५० सिसिको निलो कालो पल्सर मोटरसाईल सहित अस्पतालबाट भागेपछि उनको खोजीमा डिएसपी मुुकुुन्दप्रसाद रिजालको कमाण्डमा प्रहरी परिचालन भएको प्रहरी प्रमुख, एसपी सुरेश काफ्लेले जानकारी दिनुुभएको छ ।

यसैविच मिलेमतोमै कैदी परियार भगाएको प्रहरीले बताएको छ । परियारलाई भगाउने उदेश्य अनुुसार नै धेरै व्यक्तिहरुको घटनामा संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानले देखाएको एसपी काफ्लेले बताउनुुभयो । सुरक्षाको कुुनै पनि मापदण्ड पालना नभएको भन्दै उहाँले उपचारमा लगेका प्रहरी जवानलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको उहाँको भनाई छ ।

उता कारागारका जेलर युवराज परियारले सुरक्षा प्रशासनकै कमजोरीले कैदी भागेको बताउनुुभयो । आफुहरु अस्पताल र अदालत ल्याउने लैजाने गाडी नभएका कारण मोटरसाईकलमा लगेको भन्दै उहाँले सुरक्षा प्रशासनले कमजोरी गरेका कारण कैदी भागेको प्रतिकृया दिनुुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]