
Ksb
Rsb
Usb
Ksb
Ppu
Rks
Ssb
Gsb
Nsb
Fmb
Ksb
Csb
jsb
Ssb
Tgp
Bsn

Tsb
Hl1
Ssb
Gsb
Usb

Nps
ptl
Rgu
दाङ । जिल्ला उद्योग वाणिज्य संघले व्यावसायीक सचेतना जारी राखेको छ । संघले व्यवसाय गर्दा आइ पर्ने समस्या,कर हिसाव किताव कसरी राख्ने, व्यवसायमा पर्न समस्या समाधानका लागि कसरी अगाडि बढने लगाएतका विषयमा जानकारी दिइने गरेको सचेतनामा सहभागि दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य माधव खनालले जानकारी दिए ।
व्यवसायीहरुलाई राज्यका सबै निकायमा दर्ता गरेर मात्र व्यवसाय गर्न समेत अनुरोध गरिने गरेको छ । यसले व्यवसायीहरुलाई सहजता हुने अपेक्षा संघको रहेको छ । यसरी पसल पसल सम्म पुगेर सिकाउदा उनीहरुलाई व्यवसाय गर्न समेत सहज हुने सदस्य खनाल बताउछन् ।
अहिले कोभिडको कारण व्यवसायीहरुलाई कोभिड सङक्रमण हुन बाट आफु पनि वचन र अरुलाई पनि वचाउन स्वास्थ्य मापदण्ड अनिवार्य पुपमा पालना गरेर व्यवसाय गर्न समेत आग्रह गरिएको संघका सदस्य विकास वलीले बताए । लकडाउन मात्र हटेको कोभिडको जोखिम कायम नै रहेकोले सचेतन बन्न समेत गराउने गरिएको छ । यस प्रकारको अभियानलाइ निरन्तरता दिइने समेत उनको भनाइ रहेको छ । बजारी क्षेत्रका साथै ग्रामिण स्तर सम्म सचेतना अभियान पु¥याउने संघले जनाएको छ ।
