शिबराज पन्थी/गढवा मंगलबार, मंसिर २८, २०७८

दाङ । गढवा गाउँपालिकाको उद्यम बिकास शाखाको आयोजनामा गढवा ५ को धर्मपुरमा किसानहरुका लागि उद्यम बिकास सम्बन्धि ६ दिने तालिम सोमवार देखि सुरु भएको छ । किसानहरुका लागि १ दिने ब्यवसाय सचेतना,४ दिने ब्यवसाय सुरु तथा १ दिने लैंगिक सामाजिक समावेशीकरण सम्बन्धि उद्यम तालिम सुरु भएको गाउँपालिकाले जनाएको छ ।

यसैबिच उक्त तालिमको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र शान्ती चौधरीले एक कार्यक्रमका बिच सोमवार उद्घाटन गर्नुभएको छ । बेरोजगार किसानहरुलाई आयआर्जन र जिविकोपार्जन तर्फ सहयोग गर्ने उद्देश्यले उद्यम बिकासको कार्यक्रम गाउँपालिका मार्फत संचालन भै रहेको अध्यक्ष यादवले बताउनु भयो ।

गरिबि निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तरगत गढवाका वडानं. ६,७ र ५ मा यो कार्यक्रम बिगतका बर्षहरुबाट संचालनमा आइरहेको र कार्यक्रमबाट केहि नागरिकहरुले आफ्नै उद्यम तथा ब्यवसाय सुरु गर्न सहज भएको उपाध्यक्ष शान्ती चौधरीले जानकारी दिनु भयो । कार्यक्रमको सहजीकरण उद्यम बिकास सहजकर्ता मिना चौधरी र बिनु भुजेलले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]