
Sgr
Djs
pku
Gfs
Rgp1
Unsku
Ggp
Rgp
sbs
Pbu
Lnp
Pes
Srbpu
cjs

Sbs
Bbbpu
Asm
nsb
Pvg
Tsm
Rgs
Ggd
Rgu
Rsb
Sls
Gst
Rgu
Wsp
Vor
Hal
Ksm
Bbu
Ssm

Pls
Jmb
bbt
Syp
Ptm
Jmb
Mks
Abd
Rpp
Gsb
sab
Bml
Rmb
काठमाडौं । कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । नेपालमा थप १७ जना कोरोना संक्रमण थपिएका छन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।आज पर्साको वीरगञ्जमा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितको संख्या ९९ पुगेको छ । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म पिसीआर विधिबाट १४ हजार ९६ नमुना परीक्षण भएका छन् भने आरडीटी विधिबाट ५२ हजार ९ सय ७० जनामा कोरोना परीक्षण भएको छ ।
प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ९१ नमुना परीक्षण भएका छन् । अहिलेसम्म क्वारेन्टाइन १९ हजार सात सय ३४ जनाको उपचार भइराखेको छ ।
बुधबार नै कोसी अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमित भारतीय डिस्चार्ज भएसँगै निको हुनेको संख्या २२ पुगेको छ । उपचाररत संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुन: भर्ना गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुन: अस्पताल भर्ना गरिएको छ ।
