Sidha Patra शनिबार, मंसिर २५, २०७८

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.३ ले वडाका ८५ जना जेष्ठ नागरिकहरूलाई स्विटर, टोपी र च्येवन परास प्रदान गरी सम्मान गरिएको छ ।

वडा कार्यालय परिसरमा एक कार्यक्रमका बीच जेष्ठ नागरिकलाई सम्मान तथा पौष्टिक आहार प्रदान गरेको छ । शुक्रबार वडा कार्यालय खरेन्द्रपुरमा शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले ८० वर्ष उमेर पुरा गरेका जेष्ठ नागरिकलाई खादा ओढाई उक्त सामग्रीहरू प्रदान गरी सम्मान गर्नु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख नेत्रराज अधिकारीले बृद्धबृद्धाहरूलाई सानो बच्चाको जस्तै परिवारको माया, ममता र स्याहारसुसारको आवश्यकता रहेको बताउनु भयो । बृद्ध अवस्थामा शारीरिक, मानसिक रूपमा अशक्त र कमजोर हुँदै जाने भएकाले माया, स्नेहसहित बृद्धहरूलाई हेरचाहका लागि परिवारले पूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने अधिकारीले बताउनु भयो ।

बृद्धहरूले पारिवारिक माया पाउनु नै सबै भन्दा ठुलो सम्मान भएको बताउँदै आफ्नो सन्तानको सरह नै व्यवहार गरी बृद्ध बुवा आमालाई सम्मान र सहयोग गर्न आग्रह समेत गर्नु भयो । वडा अध्यक्ष टेकलाल सापकोटाले बृद्ध बुवा,आमाहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउँदै जेष्ठ नागरिकहरूको हौसला बढाउन सम्मान गरिएको बताउनुभयो । यसरी बृद्धहरूलाई सधैँ आदर, सम्मान गर्नु हामी सबैको कर्तव्य भएको उहाँले बताउनुभयो । अध्यक्ष सापकोटाले सम्मानित हुन छुट्नु भएका वृद्धहरुलाइ घरमै पुगी सो सामग्री प्रदान गरिने बताउनुभयो ।कामनाडेली

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]