
Bsn
Nsb
Tgp
Rks
Gsb
jsb
Usb
Ssb
Ksb
Fmb
Ssb
Ksb
Rsb
Csb
Ksb
Ppu

Usb
Tsb
Gsb
Ssb
Hl1

Rgu
ptl
Nps
दाङ । देउखुरीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री निवासी ५५ बर्षिय रामचरण चौधरीको मृत्यु भएको हो । उनलाई लमही अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत्युको घोषणा गरेका हुन् ।
चौधरीलाई वडाकै बनगैँ जँगलमा पश्चिमबाट पुर्ब जाँदै गरेको रा १ ख १७७७ नम्बरको बसले आईतबार बिहान सवा ६ बजे ठक्कर दिएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
गोरुलाई ठक्कर दिँदा बस अनियन्त्रित भएर चौधरीलाई ठक्कर दिएको हो । चौधरी बिहानै बजारमा दूध छोडेर घर फर्कदै थिए ।
गाडी र चालक अहिले प्रहरीको नियन्तरणमा छन् ।
