
Pbu
bpmhl
Gis
Bsbus
Gsbus
Ssbus
Ses
Gsl
Gis
Gss
Ksbus
Ksbus
Gis
Ksbus
ebg
Ksbus
Ssbus
Gsbus
Ssbus
Gms

Sbs
nsb
Sls
Bbbpu
Rgu
Asm
Rgu
Ksm
Ggd
Rsb
Ssm
Wsp
Gst
Tsm
Pvg
Vor
Bbu
Hal
Rgs

Pls
sab
Abd
Jmb
Bml
Jmb
bbt
Syp
Mks
Gsb
Rpp
Rmb
Ptm
दाङ । भारतको दिल्लीमा भएको ‘इन्डो नेपाल इन्टरनेशनल च्याम्पियनशीप प्रतियोगिता–२०२१ का बिजेता खेलाडीहरुलाई घोराहीमा सम्मान गरिएको छ । खेलकुदको माध्यमबाट अन्तराष्ट्रियस्तरमा देशको नाम चिनाउनदेखि पदक जित्न सफल खेलाडीहरुलाई अविर टिका र फुल माला लगाएर सम्मान गरिएको हो ।
अल्फा तेक्वान्दो डोजाङले शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गर्दै दिल्लीमा भएको प्रतियोगितामा देशको नाम र सानसँगै पदक जित्न सफल डोजाङका नौ जना खेलाडीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा डोजाङका कोच, अभिभावक, खेलाडीलगायतले बिजेता खेलाडीहरुलाई अविर टिकासहित खादा माला लगाएर सम्मान गरेका थिए । सम्मानसँगै बिजेता खेलाडीहरुलाई बजार परिक्रममा समेत गराएका थिए ।
नेपाल–भारत मैत्री समाज दिल्लीको आयोजनामा मंसिरको ११ र १२ गते दिल्लीमा भएको ‘इन्डो नेपाल इन्टरनेशनल च्याम्पियनशीप प्रतियोगिता–२०२१ मा घोराहीमा रहेको अल्फा तेक्वान्दो डोजाङबाट सहभागी भएका खेलाडीले उत्कृष्ठ खेल प्रदर्शन गर्दै पाँच स्वर्ण,एक रजत र तीन काश्यसहित ९ पदक जित्न सफल भएका थिए ।
प्रतियोगितामा १७ बर्षमाथि महिला ४६ केजी तौल समुहको खेलमा खेलाडी सुनिता बिष्ट, ५९ केजी तौल समूहमा खेलाडी ममता रिजाल, १४ वर्षमुनि ४६ केजी तौल समूहमा सरिता केसी, २९ केजी तौल समूहको खेलमा निशा पुन मगर र पुमसे अण्डर १२ तौल समूहमा आयुश न्यौपानेले स्वर्ण पदक जितेका थिए ।
त्यसैगरी खेलाडी बिरेन्द्र डाँगीले ५४ केजीभन्दा कम तौल समूहको खेलमा रजत, निश्चल घर्ती मगरले ४५ केजी तौलभन्दा कमको समूह, जस्मिन चौधरीले ४८ केजी तौल समूहभन्दा कम र टाइसन विष्टले ३२ केजीभन्दा कम तौल समूहको खेलमा काश्य पदक जित्न सफल भएका थिए ।
डोजाङका प्रशिक्षक दिपक केसीको अध्यक्षतामा भएको प्रतियोगितामा खेलाडीहरुले व्यक्तिगत विकाससँगै स्थानीय तह, जिल्ला, प्रदेश र देशको अन्तराष्ट्रियस्तरमा चिनाउनेदेखि इज्जत बढाउने काम गरेपनि खेलकुद क्षेत्रलाई राज्यले बेवास्था गरेको गुनासो गरेका थिए ।
राज्यको बेवास्थाका कारण उनीहरुले पहुजवालाहरु स्वास्थ्यका लागि भन्दै स्तरिय ठाउँमा खेलिरहदा देशको इज्जत बढाउन खेल्ने खेलाडीहरुलाई खेल्ने ठाउँ समेत अभाव रहेको बताएका थिए । कार्यक्रममा अभिभावक जगत विष्ट, माया न्यौपाने, भेषबहादुर विष्ट, बिजेता खेलाडी सुनिता विष्ट, विरेन्द्र डाँगीलगायते मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण बक्सिङ खेलाडी कृष्णा सुनारले गरेकी थिइन ।
