
Jsbr-3
Csbg-7
Jsbg-7
Msbg-2
Pbu
Gsbg-3
Rksr-7
Gsbr-6
ksbl-7
Usbl-7


दाङ । जन्म दिनको उपलक्ष्यमा पतन्जली दाङ जिल्ला युवा महासचिव कमल अधिकारीले रक्तदान गरेका छन्। आफ्नो ३९ औं जन्मदिनको उपलक्ष्यमा लमही स्थित रक्तसञ्चार केन्द्र दाङद्वारा संचालित लमही रक्तसञ्चार केन्द्र पुगेर अधिकारीले रक्तदान गरेका हुन् । रगतको अभावले कसैको ज्यान नजाओस् भन्दै मानव कल्याणका लागि आफ्नो जन्मदिनमा रक्तदान गरेको र यस्तो अबसरमा सबैले रक्तदान गर्दै आफ्नो जन्मउत्सब मनाउन समेत सम्पुर्णलाई अनुरोध गरे ।
“कमल अधिकारी र गंगाराम भट्टराई रक्तदान गर्दै”
रगतको अभावमा छट्पटाई रहेका विरामीलाई करोडौं रुपैयाँले गर्ने काम एक थोपा रगतले गर्ने बताउँदै त्यसका लागि रक्तदान गरेको अधिकारीको भनाइ छ । जनचेताको अभावका कारण पछिल्लो समय रक्तदान गर्नेहरुमा कमी आएको बताउँदै त्यसका लागि समाजमा सबै व्यक्तिलाई रक्तदान गर्न प्रेरित गर्नुपर्ने उल्लेख गरे ।
जनचेतनाको कमीले ग्रामीण भेगका सर्वसाधारण रक्तदान गरेमा शारीरिक रुपमा कमजोर हुन्छ भन्ने मानसिक्ता बोकेको बताउँदै ब्लड बैंकले जनचेतनाका कार्यक्रम गाउँ तह सम्म पुर्याउनु पर्नेमा जोडदिन जरुरी रहेको अधिकारीले भने ।
अधिकारीकै जन्मदिनमा सहभागी हुदै लमही बजारका अन्य २ जना प्रतिष्ठित ब्यक्तीले रक्तदान गरेका छन्। नेपाल रेड्क्रस सोसाइटी लालमटिया शाखाका निवर्तमान सभापति गंगाराम भट्टराई र भुगोल बचत तथा ऋण सहकारी संस्थाका संचालक समितिका सदस्य संजय चौधरीले रगत अभाव हुन नदिन रक्तदान गरेको बताए ।
