Sidha Patra शुक्रबार, मंसिर १७, २०७८

दाङ । तुलसीपुरमा लगाउन लागेको मेला महोत्सवको बिरोधमा फेन्सी व्यवसायी लगायत व्यवसायीहरुले विरोध र्‍याली निकाल्नुका साथै तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालय र तुलसीपुर उपमहानगरपालिकाको कार्यालय घेराउ गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

कोरोना महामारीको तेस्रो भेरियन्त ‘ओमिक्रोन’ भाइरसको संक्रमण फैलिरहेको अवस्थामा मेला महोत्सव सान्दर्भिक नभएको भन्दै तुलसीपुरका व्यवसायीहरुले आज शुक्रबार तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालय र तुलसीपुर उपमानगरपालिकाको कार्यालय घेराउ गर्दै ज्ञापनपत्र समेत बुझाएको तुलसीपुर उद्योग बाणिज्य संघको फेन्सी व्यवसायी उपसमितीका संयोजक रुपेश शर्माले जानकारी दिए । विभिन्न बहानामा मेला महोत्सव लगाउदा खेरी व्यवसायीहरुलाई व्यापारमा घाटा हुने भन्दै व्यवसायीहरु आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ ।

त्यस्तै संयोजक शर्माले बिहीबारदेखि मेला लगाउन नहुने भन्दै हस्ताक्षर संकलन शुरु गरेको समेत बताए । तुलसीपुरमा ब्यबसाय गर्दै आएका बहुमत ब्यबसायीले मेला महोत्सवको बिरोध गर्दापनि सुनुवाई नभए आफुहरु बन्द, हड्ताल लगाएतका आन्दोलनमा जान बाध्य हुने शर्माको भनाई छ । कोरोना भाइरसको नयाँ भेरियन्ट आइ रहेको समयमा मेला महोत्सव लगाउँदा महामारी फैलिने झनै संभवाना बढ्ने हुँदा आफुहरु बिरोधमा उत्रनु परेको उनले तर्क छ ।

यसैबिच बुधबार मात्रै चन्द्र सुर्य यातायात प्रालिले तुलसीपुरमा पत्रकार सम्मेलन गरि ‘प्रथम प्रादेशिक फेस्टिबल’ तुलसीपुर ६ बरुवागाउँमा मंसिर २३ गतेदेखि २९ गतेसम्म सञ्चालन गर्न लागेको जानकारी दिएको छ । त्यस्तै नेकपा एमाले निकटको ब्यपारिक संगठन तुलसीपुर चेम्बर अफ कमर्शले पुस १ गतेदेखि १२ गतेसम्म तुलसीपुरमै महोत्सव लगाउने जानकारी दिएको छ ।श्रोत तुलसीपुर अनलाइन

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]