
Ppu
Bsn
Rks
jsb
Ssb
Usb
Gsb
Csb
Fmb
Ksb
Ksb
Nsb
Rsb
Tgp
Ksb
Ssb

Hl1
Gsb
Ssb
Tsb
Usb

ptl
Rgu
Nps
दाङ । नेपाल रेडक्रस सोसाइटी जिल्लाशाखा दाङ अन्तर्गत इन्कोर परियोजनाको आयोजनामा जिल्ला बिपद् प्रतिकार्य समूह (म्म्च्त्) को तिन दिने पुनर्ताजगी तालिम दाङको तुलसीपुरमा मंगलबार देखि सुरु भएको छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका सभापति नारायण आचार्यको अध्यक्षतामा सुरु भएको तालिम उद्घाटन कार्यक्रममा जिल्ला शाखा दाङका कोषाध्यक्ष खुसल तर्ताल,लुम्बिनी प्रदेश आपतकालीन कार्यसंचालन केन्द्रका सुचना अधिकृत खिलानाथ दाहाल, एसिटी मेम्बर सन्तोष ढकाल र परियोजना अधिकृत जगत तामाङ लगायतले जिल्ला बिपद् प्रतिकार्य टिमले गर्नुपर्ने कामहरुको बारेमा जानकारी गराउनु भएको थियो । बिगत ५ बर्ष अगाडीदेखि डेनिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस दाङले समुदाय उत्थानशिलता अभिबृद्धि (इन्कोर) कार्यक्रम मार्फत दाङको देउखुरी स्थित राजपुर र गढवा गाउँपालिकाका १५ वडाका ४६ वटा बिपद् तथा जलवायु उत्थानशिल समिति मार्फत बिभिन्न गतिविधिहरु संचालन गरिरहेको परियोजनाका अधिकृत जगत तामाङले जानकारी दिनुभयो ।
बिपदको उच्च जोखिम रहेको दाङ जिल्लाकामा बिपद्को समयमा बिपद् प्रतिकार्यका लागि रेडक्रसको जिल्ला विपद् ब्यवस्थापन समिति मार्फत डिडिआरटी टिम परिचालन गर्न दक्ष जनशक्ति उत्पादन गरिरहेको र उत्पादीत जनशक्तिलाई पुनर्ताजगी गराउन थालेको रेडक्रस दाङका सभापति नारायण आचार्यले जानकारी दिनुभयो । जहाँ दुःख त्यहाँ रेडक्रस भन्ने मान्यता अनुरुप बिपद्को समयमा मानविय सेवा तथा बिपद् प्रतिकार्यकालागि टिम तयार गरेको उहाँले बताउनुभयो ।
रेडक्रस दाङको इन्कोर परियोजना मार्फत दक्षिण देउखुरीका गढवा र राजपुर गरि दुवै गाउँपालिकाका संकटासन्न समुदायमा जिविकोपार्जनका लागि आर्थिक सपोर्ट,खानेपानी सरसफाई तथा स्वच्छताका गतिविधि, विपद् प्रतिकार्यकालागि जनशक्ति उत्पादन परिचालन लगायतका धेरै कामहरु गरिरहेको परियोजनाका अधिकृत तामाङले जानकारी दिनुभयो । उत्पादित जनशक्तिले जिल्लाका कुनैपनि स्थानमा आइपर्ने बिपद्को समयमा प्रारम्भिक द्रुत लेखाजोखा,अस्थायी आवास निर्माण,राहात वितरण,खानेपानी स्वच्छता र बिपद् प्रतिकार्यका गतिविधिमा जिल्ला विपद् ब्यवस्थापन समिति मार्फत परिचालन गरिने बताइएको छ । तालिम तिन दिन सम्म संचालन हुने रेडक्रस दाङले जनाएको छ ।
