
Bsn
Fmb
Rks
Tgp
Ksb
Ssb
jsb
Rsb
Usb
Ksb
Ksb
Ppu
Ssb
Gsb
Nsb
Csb

Gsb
Ssb
Tsb
Usb
Hl1

Nps
ptl
Rgu
काठमाडौं । नेपाली सेनालाई सहयोगस्वरूप भारतीय सेनाले ५ वटा वर्कशप ट्रक उपलब्ध गराएको छ।
सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा नेपाली सेना हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका निमित्त निर्देशक सहायक रथी कृष्णदेव भट्टलाई यहाँस्थित भारतीय दूतावासका सैनिक सहचारी कर्णेल अमित शर्माले ती ट्रक हस्तान्तरण गर्नुभएको हो।
त्यस्तै नेपाल–भारत द्विपक्षीय परामर्श समूहको विसं २०७५ मङ्सिरमा काठमाडौँमा सम्पन्न १३औँ बैठकमा भएको सहमतिअनुरूप ती साधन हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
नेपाली सेनाले यस्ता सहयोगले दुई देशबीचको सैनिक सम्बन्ध थप प्रगाढ हुनुका साथै सेनाको कार्य क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ। रासस
