
Lnp
cjs
Gfs
sbs
Djs
Rgp
Pes
Srbpu
pku
Ggp
Sgr
Pbu
Rgp1
Unsku

Rsb
Pvg
nsb
Asm
Gst
Ksm
Rgu
Hal
Tsm
Ssm
Bbbpu
Vor
Sbs
Ggd
Sls
Rgu
Wsp
Rgs
Bbu

Abd
Ptm
Rpp
Mks
Syp
Jmb
Rmb
sab
Pls
Jmb
Gsb
bbt
Bml
रुकुम । नेपाल नेत्र ज्योति सङ्घ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालको आयोजना, नर्वेजियन नेत्रहीन तथा अल्प दृष्टियुक्त सङ्घ, (एन.ए.वि.पी) को आर्थिक सहयोगमा भूमे गाउँपालिका रुकुम, पूर्वमा आभारभूत आँखा स्वास्थ्य शिक्षा तालिम सम्पन्न भएको छ ।
भूमे गाउँपालिकामा रहेका विभिन्न स्वास्थ्य संस्थाका २० जना स्वास्थ्यकर्मी तथा १९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु गरी जम्मा ३९ जनालाई आधारभूत आँखा स्वास्थ्य शिक्षा तालिम प्रदान गरिएको हो । आँखा स्वास्थ्य क्षेत्रबाट टाढा रहेको स्थानका बासीन्दाहरुलाई आँखा स्वास्थ्य शिक्षाको माध्यमबाट दृष्टिविहीन न्यूनीकरणमा थप सहयोग पुग्ने उद्देश्यका साथ उक्त तालिम प्रदान गरिएको आयोजक संस्थाका बाह्य कार्यक्रम संयोजक तथा तालीमका प्रशिक्षक सालिक राम गौतमले जानकारी दिनु भयो ।
त्यस्तै उक्त तालीमका अवसरमा भूमे गाँउपालीका अध्यक्ष रामसुर बुढा मगरले राप्ती आँखा अस्पतालको क्षेत्रभन्दा टाढा रहेको यस गाँउपालीका आफू निर्वाचित भए पश्चात् निःशुल्क आँखा शिविर तथा आँखा स्वास्थ्य सम्बन्धी तालिमको माध्यमबाट केही हदसम्म भएपनि यस गाउँपालिकाका जनतालाई पुर्याएको सेवाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा आँखा स्वास्थ्यको क्षेत्रमा गाउँपालिका र आँखा अस्पतालको समन्वयमा हुने यस्ता कार्यक्रमहरूमा समन्वयात्मक भूमिका निवाह गर्न र सहयोग गर्न भूमे गाउँपालिका सदैव तयार रहेको बिचार व्यक्त गर्नु भयो ।
यस्तै २ दिन सम्म सञ्चालित उक्त लालिमको पहिलो दिन मङ्सिर २ गते स्वास्थ्यकर्मीहरूलाई र दोस्रो दिन मङ्सिर ३ गते महिला स्वास्थ्य स्वयंसेविका हरूलाई तालिम प्रदान गरिएको थियो । भूमे गाँउपालीका अध्यक्ष रामसुर बुढा मगरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त तालिममा राप्ती आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक सालिक राम गौतमले प्रशिक्षण दिनु भएको थियो भने कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाका निमित्त प्रमुख सञ्जीव खड्काले गर्नु भएको थियो ।
यसै गरी ४ गते मुसिकोट नगपालिका रुकुम पश्चिमका विभिन्न स्वास्थ्य संस्थाका १९ जना स्वास्थ्यकर्मीहरूलाई आधारभूत आँखा स्वास्थ्य शिक्षा तालिम सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति सङ्घ, रुकुम पश्चिमका सभापति शिवराम खत्रीको सभापतित्व, मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमको प्रमुख आतिथ्यमा सम्पन्न उक्त तालिममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रमुख गौतमले राप्ती आँखा अस्पतालले रुकुम पश्चिमको मुसिकोटमा सञ्चालन गरेको आँखा उपचार केन्द्रलाई स्तरोन्नति विकास गर्न आफू तयार रहेको बताउँदै यस्ता तालिमहरूले स्वास्थ्य संस्थामा आउने आँखाका बिरामीहरूलाई महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नु भयो ।
त्यसै गरी मङ्सिर ५ गते त्रिवेणी गाउँपालिका रुकुम, पश्चिमका १८ आमा समूहहरूलाई आधारभूत आँखा स्वास्थ्य तालिम त्रिवेणी गाउँपालिका रुकुम, पश्चिममा सम्पन्न भएको छ । गरी मङ्सिर ६ गते शारदा नगरपालिकाका १९ जना शिक्षकहरूलाई आधारभूत आँखा स्वास्थ्य तालिम सम्पन्न गरिएको छ । मङ्सिर ७ गते त्रिवेणी गाउँपालिका सल्यानका आमा समूहहरूलाई आधारभूत आँखा स्वास्थ्य तालीम प्रदान गर्ने कार्यक्रम रहेको प्रशिक्षक गौतमले जानकारी दिनु भयो ।
