Sidha Patra मंगलबार, मंसिर ०७, २०७८

काठमाडौं । कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । शैक्षिक सत्र २०७८/०७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको हो । आगामी पुस २१ गतेसम्म आवेदन फाराम बापतको रकम बुझाइ सक्नुपर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।

त्यस्तै बोर्डले फाराम शुल्क ४ सय रुपैंया तोकेको छ भने फाराम बुझाउन नसक्ने विद्यार्थीको लागि दोब्बर शुल्क तिरेर पुस मसान्तभित्र बुझाउन सक्ने बताएको छ । त्यस्तै सम्बन्धित विद्यालयले माघ ७ गतेभित्र बैंक भौचर र रजिष्ट्रेशन बोर्डको सम्बन्धित कार्यालयमा बुझाइ सक्नुपर्ने छ ।

कक्षा ११ को नयाँ पाठ्यक्रम अनुसारको विषय समूह, विषय कोड अनुरुप एक समूहबाट एक विषयमात्र अध्ययन गर्ने गरी फाराम भर्ने व्यवस्था मिलाउन बोर्डले निर्देशन दिएको छ । रजिष्ट्रेशन आवेदन फारामका साथ प्रधानाध्यापकबाट प्रमाणित गरिएको एसईईको ग्रेटसिटको प्रतिलिपि पनि साथै समावेश गर्नुपर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]