
Lnp
Ggp
Pbu
Gfs
Djs
Sgr
Rgp
Pes
Rgp1
pku
sbs
cjs
Srbpu
Unsku

Asm
Sls
Rgs
Vor
Rsb
Bbbpu
Rgu
nsb
Ssm
Hal
Rgu
Wsp
Ggd
Bbu
Sbs
Ksm
Tsm
Gst
Pvg

Rmb
Pls
Jmb
Ptm
Rpp
Abd
Gsb
Jmb
sab
Mks
bbt
Bml
Syp
काठमाडौँ । सरकारले अब १८ वर्षभन्दा माथिका कोरोना भाइरस विरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालेको छ ।
पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले खोप नियमित आउन थालेकाले १८ वर्षभन्दा माथिका सबैलाई नियमित खोप लगाउन थालिएको जानकारी दिनुभयो ।
उहाँले यसअघि खोप लगाउन छुटेका सबैलाई खोप केन्द्रमा गई खोप लगाउन आग्रह गर्नुभयो । सरकारले आगामी पुस मसान्तभित्र दुई तिहाई र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ । दुई करोड १७ लाखलाई खोप लगाउने लक्ष्य राखिएको छ ।
अहिलेसम्म कूल जनसङ्ख्याको ३० प्रतिशत जनसङ्ख्यालाई पहिलो मात्रा र २६ प्रतिशत जनसङ्ख्यालाई दोस्रो मात्राको खोप प्रदान गरिएको छ । काठमाडौँ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेले १८ वर्षभन्दा माथिका सबैलाई काठमाडौँका पाँच खोप केन्द्रबाट नियमित खोप प्रदान गरिरहेको बताउनु भयो ।
त्यस्तै उहाँले भेरोसेल र एस्ट्राजेनिका खोप दिइसकेको बताउनु भयो । उहाँका अनुसार कार्यालयले वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, कलङ्कीको शहीद मेमोरियल अस्पताल, बल्खुमा बयोधा अस्पताल, गोगंबुस्थित नयाँ बसपार्कको लोत्से भवन र जडीबुडीस्थित जडीबुडी प्रशोधन केन्द्रमा नियमित खोप प्रदान गरिरहेको छ ।
यसैगरी उहाँले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पनि हिजोदेखि फाइजर खोप उपलब्ध गराउन थालिएको बताउनुभयो । उहाँले शहीद गङ्गालाल हृदयकेन्द्र, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल र सिभिल अस्पतालमा फाइजर खोप लगाउन थालिएको छ । फाइजर खोप अभियान भोलिसम्म सञ्चालन हुने छ ।
यसैगरी सबै गर्भवती महिलालाई पनि खोप लगाउन सुरु गरिएको छ । यसअघि उच्च जोखिम भएका गर्भवती महिलालाई मात्र खोप लगाउने गरेता पनि अबदेखि गर्भवती भएको तीन महिना पूरा भएका सबै महिलालाई लगाउन थालिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो ।
