
Srbpu
cjs
Rgp
pku
Djs
Ggp
Gfs
Lnp
sbs
Pes
Unsku
Sgr
Rgp1
Pbu

Bbu
nsb
Hal
Sbs
Rsb
Rgu
Bbbpu
Ssm
Asm
Ggd
Rgu
Wsp
Pvg
Sls
Vor
Ksm
Rgs
Gst
Tsm

bbt
Jmb
Rpp
Gsb
Rmb
Abd
sab
Bml
Jmb
Syp
Mks
Pls
Ptm
दाङ । जाडोयाम सुरु भएसँगै वायु प्रदुषण बढेको छ । चिसो मौसममा अन्य समयको भन्दा विभिन्न रोग गराउने भाइरस र जीवाणुहरू बढी सक्रिय हुने भएकाले अस्पतालमा पनि बिरामीको सङ्ख्या बढ्न थालेको छ ।
हिजोआज देशका अधिकांश अस्पतालमा चिसो र प्रदूषणका कारण स्वास्थ्य समस्या भएर जचाउन अस्पताल आउनेहरूको सङ्ख्या बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा.किजन महर्जनले बताउनुभयो ।
बाँकेको भेरी अस्पतालमा पनि पछिल्लो २ सातादेखि अस्पताल आउने बिरामीमा आँखा चिलाउने, श्वास फेर्न गाह्रो हुने, दमको समस्या देखिने गरेको अस्पतालका प्रमुख विशेषज्ञ डा.राजन पाण्डेले जानकारी दिनुभयो ।
चिसो सुरुभएसँगै प्रदूषण बढ्ने र यसैका कारण बिरामी भएर अस्पताल आउने क्रम हरेक वर्ष चल्ने गरेको छ । चिसो, वायु प्रदूषण र कोरोना सङ्क्रमणमा मिल्दोजुल्दो लक्षण देखिने छातीरोग विशेषज्ञ डा.प्रकाश पौडेलले बताउनुभयो ।
नेपालमा वर्षेनि चिसोका कारण लाग्ने रोगहरूबाट १० लाखभन्दा बढी मानिसहरू प्रभावित हुन्छन् भने १ देखि २ सयको हाराहारीमा मृत्यु हुने गरेको सरकारको तथ्याङ्कले देखाएको छ ।
दुई वर्षदेखि कोरोना महामारीसँग लड्दै र सावधानी अपनाउँदै धेरैको दैनिकी फेरिएको पनि छ । तर चिसो मौसममा देखिने रोग र कोरोनाको लक्षण मिल्ने भएका कारण पनि कुनै समस्या भए वेवास्ता नगरी, स्वास्थ्य जाँचलाई प्राथमिकता दिन चिकित्सकहरूको सुझाव छ ।
