
Asbus
Sdc
Lnp
Ksbus
Rgp
Ksbus
Msbus
Ggp
Ggp

काठमाडौं । पश्चिम नवलपरासी जिल्लाको रामग्राम नगरपालिका १२ स्थित कसियाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको सरावल गाउँपालिका ३ बस्ने २७ वर्षीय दिपेन्द्र बराल र चितवन जिल्लाको भरतपुर महानगरपालिका बस्ने ३७ वर्षीय पवन घले छन्।
उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल जिल्ला कमाण्ड पोष्ट परासीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईजोपाम एक सय ५१ एम्पुल, नुफिन १ सय ५१ एम्पुल, फेनारागन एक सय ५१ एम्पुल र दुई वटा सिरिन्ज फेला परेपछि पक्राउ गरिएको हो। पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
यसैगरी सोही जिल्लाको सरावल गाँउपालिका ७ भुजहवाबाट एपीएफ टोलीले १० वटा अनरेक्स र १६ वटा वीन स्पास्मो नामक लागूऔषधसहित एक जनलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही जिल्लाको रामग्राम नगरपालिका ६ बस्ने ३४ वर्षीय मनिष तिवारी छन्।
भारतबाट अवैध रुपले लुकिछिपि प्रवेश गरेका निज तिवारीको साथमा उक्त लागूऔषध फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो।
