
Ggp
Pbu
Sgr
Gfs
Rgp1
Rgp
cjs
pku
Pes
Unsku
sbs
Srbpu
Djs
Lnp

Sbs
Rgu
Hal
Vor
Rsb
Ssm
Rgs
Wsp
nsb
Ggd
Gst
Bbbpu
Tsm
Ksm
Sls
Asm
Rgu
Bbu
Pvg

Bml
Gsb
Abd
Jmb
Pls
Rpp
Rmb
Mks
Syp
bbt
sab
Ptm
Jmb
दाङ । दाङमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १५ जनाको पिसिआर परिक्षणबाट ३ जना र विभिन्न स्थानिय तहमा १३ जनाको एन्टिजेन परिक्षणबाट ३ जना गरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना पुष्टि हुनेमा महिला र पुरुष ३÷३ जना रहेका छन् । जसमा राप्तीका ५ जना र घोराहीका एक रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
यसैविच आज घोराहीका एक पुरुष कोरोना संक्रमण मुक्त हुनुुभएको छ । अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या ३८ रहेकोे छ । उनिहरु मध्य ३ जना आईसियूमा, १ जना अक्सिजन सहितको उपचारमा रहेका छन् भने ३४ जना घरमै रहेको केन्द्रले जनाएको छ ।
त्यस्तै आज नेपालमा ४ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार १ सय ६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ जना र १ हजार ८ सय ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४ सय १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २ सय २ जना निको भएका छन् । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४८३ पुगेको छ भने ७ लाख ९८ हजार ९१६ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६३६ जना रहेका छन् । जसमध्ये ७ हजार १६३ जना होम आइसोलेसनमा रहेका छन् भने ४७३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २ सय २४ जना आईसीयू र ६० जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।
