Sidha Patra बुधबार, मंसिर ०१, २०७८

दाङ । दाङमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १५ जनाको पिसिआर परिक्षणबाट ३ जना र विभिन्न स्थानिय तहमा १३ जनाको एन्टिजेन परिक्षणबाट ३ जना गरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना पुष्टि हुनेमा महिला र पुरुष ३÷३ जना रहेका छन् । जसमा राप्तीका ५ जना र घोराहीका एक रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

यसैविच आज घोराहीका एक पुरुष कोरोना संक्रमण मुक्त हुनुुभएको छ । अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या ३८ रहेकोे छ । उनिहरु मध्य ३ जना आईसियूमा, १ जना अक्सिजन सहितको उपचारमा रहेका छन् भने ३४ जना घरमै रहेको केन्द्रले जनाएको छ ।

त्यस्तै आज नेपालमा ४ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार १ सय ६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ जना र १ हजार ८ सय ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४ सय १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २ सय २ जना निको भएका छन् । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४८३ पुगेको छ भने ७ लाख ९८ हजार ९१६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६३६ जना रहेका छन् । जसमध्ये ७ हजार १६३ जना होम आइसोलेसनमा रहेका छन् भने ४७३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २ सय २४ जना आईसीयू र ६० जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]