Sidha Patra आइतबार, कार्तिक २१, २०७८

सल्यान । सल्यानमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । मृत्यु हुनेमा २ जना पुरुष र १० जना महिला रहेका छन् । उनीहरुमध्ये अहिलेसम्म १० जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका वडा नम्बर १२ निवासी हाल दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का निवासी बस्ने ५३ वर्षिय प्रभा चलाउने, शारदा नगरपालिका वडा नम्बर २ का ६१ वर्षिय मिना डाँगी, शारदा–३ का ६५ वर्षिय लिला बुढाथोकी, त्रिबेणी गाउँपालिका वडा नम्बर १ का २४ वर्षिय मिना शाही, दाङको बबई गाउँपालिका वडा नम्बर ४ का ६० वर्षिय डुली रेउले रहेको प्रहरीले जनाएको छ ।

यस्तै शान्तिनगर–१ दाङका ३५ वर्षिय शावित्रा केसी, घोराही–१० खैराका ३६ वर्षिय रुपा केसी, बबई–६ पंचकुलेका ७० वर्षिय कलावती बुढाथोकी, घोराही–१० नारायणपुरका ६५ वर्षिय इन्द्रा अधिकारी र सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का २९ वर्षिय तिलक वली रहेको सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतक २ जना बालकको अझै सनाखत हुन सकेको छैन् । तिब्र गतिका कारण बस दुर्घटनामा परेको हुन सक्ने उहाँले बताउनुभयो । दुर्घटनामा घाइतेमध्ये १४ जनाको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । दुर्घटना गम्भिर घाइते १३ जनालाई जिल्ला बाहिर रिफर गरिएको छ ।

गम्भिर घाइतेमध्ये ४ जनालाई हेलिकप्टर र ९ जनालाई एम्बुलेन्समार्फत नेपालगञ्ज लगिएको जिल्ला प्रहरी प्रमुख डिएसपी थापाले जानकारी दिनुभयो ।

सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको ना २ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउँपालिका ५ खारखोलामा दुर्घटना भएको हो । बस सडकदेखि २०० मिटर तल खोलामा खसेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]