
pku
Rgp1
Ggp
sbs
Gfs
Rgp
Cps
Sds
Pbu
Gis
Rgp
cjs
Lnp
Pes
Sgr
Rmb
Unsku
Srbpu
Djs

Ggd
Asm
Tsm
Wsp
Sbs
Rgs
Bbbpu
Ksm
Rgu
Gst
Pvg
Ssm
Bbu
nsb
Hal
Sls
Rsb
Rgu
Vor

Mks
sab
Jmb
Rpp
Syp
Gsb
bbt
Jmb
Rmb
Abd
Ptm
Pls
Bml
काठमाडौं । प्रविधिको विकास, आर्थिक सम्पन्नता लगायतका कारण नेपालीहरूले मनाउने तिहार, छठ लगायतका ठूला पर्वहरू महङ्गो हुँदै गएका छन् ।
सम्पन्न व्यक्तिहरूले गर्ने अनावश्यक खर्चका कारण निम्न आर्थिक अवस्थाका व्यक्ति, परिवार र सदस्यहरू ऋण काढेर पनि खर्च गर्नुपर्ने अवस्थामा पुग्ने गरेको बिभिन्न अध्ययनहरूले देखाएका छन् ।
तिहारको बेलामा विशेषगरी, घर सजावट, यातायातका साधनको खरिद र खानपानमा अत्यधिक खर्च गर्ने परिपाटीको विकास हुँदै गएको भन्दै विज्ञहरूले परिवर्तनका लागि एकै व्यक्तिले भए पनि सुरुवात गर्नुपर्नेमा जोड दिएका छन् ।
अर्थविद् डा जनार्दन आचार्यले तडकभडक रोक्ने कानुन भए पनि प्रभावकारी कार्यान्वयन नहुँदा समस्या बढेको बताउनुभयो । चाडपर्व मनाउने बारेमा घरपरिवारका सदस्य बीचमा छलफल भएमा अनावश्यक खर्च र ऋणको भारी बोक्न नपर्ने उहाँको भनाइ छ ।
