
Pbu
ssbus
Ssbus
Gsl
Sssbus1
Ssbus
Ssbus
tssbus
Sssbus1
nsm

Gst
Sls
Ksm
Ssm
Rgu
Pvg
Hal
Vor
Ggd
Tsm
Rgu
nsb
Bbu
Bbbpu
Rgs
Asm
Wsp
Rsb
Sbs

Jmb
Bml
Rpp
Rmb
bbt
Syp
Gsb
Mks
sab
Jmb
Ptm
Pls
Abd
कोरोना भाईरसको शुरुआती लक्षण देखिएको ठिक तीस दिनपछि मैले आफ्नो सेल्फ क्वारेन्टिन सकायर परिवारसंग प्रत्यक्ष भेट गरेको छु । एक महिनाको अनुभव एक हरर मुभी (डराउन दिने फिल्म) हेरेको जस्तो नै भएको छ। अहिले यो कोरोनाको महामारीमा सबै भन्दा खतरनाक देश अमेरिका भएको छ । र यो पंक्ति लेख्दा सम्म अमेरिकामा कोरोनाको संक्रमणबाट ५७ हजार पैसठ्ठी जनाले आफ्नो ज्यान गुमाई सकेका छन र यो पनि केबल ५० दिनको अन्तरालमा। जताततै हाहाकारको स्थिति छ। अस्पतालहरु खचाखच भरिएका छन। अस्पतालले बिरामी लिन अस्विकार गरेपछि बिरामीहरुको मृत्यु आफ्नै घर या अपार्ट्मेन्टमा नै हुने गरेको छ। सरकार, स्वास्थ्य एजेन्सीहरु, बैज्ञानिकहरुबाट पनि कुनै ठोस या सकारात्मक भविष्यको भरोसा दिएको देखिदैन। मानव जाती माथी अहिले कोरोना भाइरसले विजयी पताका फहराई रहेको छ। यो विजयी मार्चको आखिरी गन्तव्य के हो ? कहिले सकिने हो ? कसैले भन्न सकेको छैन। सबैले अड्कलबाजि र आशामा नै चित्त बुझाउनु बाहेक विकल्प छैन।
म आफुलाइ भाग्यशाली नै सम्झन्छु कि यो महामारीको भुमरीबाट अहिलेको लागि बाहिर निक्लन सफल भएको छु। तर ठिक भए पनि चुनौती धेरै छन अगाडी । प्रत्येक कदममा सतर्कता जरुरी छ। सानो लापरबाहीले ठूलो समस्या निम्त्याउन सक्दछ। मेरो यो जिन्दगीको सबैभन्दा ठूलो परिक्षण कालमा मेरो जीवन संगिनी शारदा आचार्य पण्डितले दिएको साहस र सहयोग प्राईस लेस (अमूल्य) छ। लक्षण देखिएको पहिलो दिन देखि नै प्युठान, नेपालबाट मेरी ८३ वर्षीया आमाका उच्च मनोबल र सकारात्मक सोचका वाणीहरु नै कोरोना भाईरसका औषधि थिए। संक्रमणको चपेट परेको बेला मलाई विभिन्न रुपबाट सहयोग गर्नुहुने रिजवुड नेपाली सोसाइटीका पुर्व अध्यक्ष अंकल श्री पराजुली, एन आर एन न्यु योर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारी, रोटरी क्लब अफ न्युयोर्क “क्विन्स” का अध्यक्ष नबराज के सी र एन आर एन न्यु जर्सी च्याप्टरका अध्यक्ष समर बुढाथोकी ज्युलाई विशेष धन्यवाद दिन चाहन्छु । र अन्त मा विभिन्न सन्चार माध्यमबाट मेरो स्वास्थ सुधारको लागि कामना गर्नुहुने मेरा सम्पुर्ण शुभचिन्तकहरुमा हृदय देखि अभिनन्दन दिन चाहन्छु।
एक नोट: यो महामारीलाई हल्का रुपमा कसैले नलिनु होला, किन कि यो महामारी हाम्रो शरीरमा न आउँदा सम्म आकाशको चन्द्रमा हो जो हामी सोच्छौ कि चन्द्रमा त टाढा छ हामी माथी खस्दैन, तर आफू संक्रमीत भईयो भने यो नदिको मझधार हो, किनभने यसले आफुमात्र होईन आफ्नो परिवारका सदस्यहरू र समुदायमा पनि असर पार्न सक्छ। त्यसैले आफु पनि सुरक्षीत रहाैं र परिवार तथा समुदायलाई पनि सुरक्षित राखाैं।
कोरोना भाईरसको कुनै औषधी नभएकोले यसको शुरुआती लक्ष्यण देखिने बित्तिकै आफू सतर्क हुन जरुरी छ। मैले अपनाएका केही घरेलु औषधिहरु जो कसैलाई पनि लाभदायक हुन सक्दछ म जानकारी गराउन चाहन्छु । मलाई ज्वोरो आउने दिन नै मैले आफुलाई परिवार देखि अलग राखेको थिए। त्यो मेरो सबै भन्दा पहिलो जिम्मेवारी थियोे। किन कि ज्वोरो आउनाको कारणको पुष्टि नहुदा सम्म आफू अलग नै बस्नु पर्छ। यसले परिवारका अरु सदस्यहरु सन्क्रमित हुने सम्भावना कम हुन्छ। ज्वोरो आएपछी मैले Tylenol ( सिटामोल) लिएँ। सिटामोलले केहिबेर पछि ज्वोरो हल्का भयो। तर मेरो दिमागमा यो कोरोना वाईरसको महामारीको बेला ज्वोरो अचानक किन आयो भन्ने कुरा नै खेलीरहेको थियो। दस दिन सम्म ज्वोरो आउने सिलसिला जारी रहयो। तर यो बीचमा मैले ज्वानो पानी, बेसार पानी, अधुवा पानी, सूप पिउने, भिटामिन सि र तातो पानीको steam लिने काम गरि रहें। सिटामोलले त वाईरस मार्दैन खाली ज्वोरो मात्र कम गर्ने हो। तर ती घरेलु औषधिले नै कोरोना वाईरसलाई कमजोर बनायो र घाँटी भन्दा तल जान दिएन। तसर्थ समयमा नै आफू चौकन्ना भैईयो भने ठूलो समस्याबाट पार पाउन सकिन्छ।
प्यूठान नगरपालिका वडा नं. ७ टिकुरी निबासी बेगम पण्डित, हाल न्युयोर्क, अमेरिकामा हुनुहुन्छ ।
भुतपुर्व अध्यक्ष : लायन्स क्लब अफ क्विन्स बुद्ध।
