शिबराज पन्थी/गढवा बुधबार, कार्तिक १७, २०७८

दाङ । लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका सल्लाहकार अमर बहादुर डाँगीद्वारा मंगलबार राजधानी ब्यवस्थापनका लागि गढवा गाउँपालिका क्षेत्रभित्रका जग्गा अध्ययन तथा अबलोकन गर्ने काम भएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादव लगायतको टोलीसंग गढवाका रङसिङ, धोंद्रे,टहडा,कालाकाटे, मलमला,बडहरा पचाहा तथा गोबरडिहामा रहेका सरकारी जग्गाहरुको स्थलगत अध्ययन अबलोकन गरिएको कार्यालयले जनाएको छ ।

सो क्रममा राप्ती गाउँपालिकाबाट गढवाको गोबरडिहामा स्थानान्तरण हुन थालेको प्राबिधिक शिक्षालयकालागि प्रदान गरिएको सरस्वती माबि गोबरडिहाको जग्गा समेतको स्थलगत अबलोकन गरिएको टोलीले जनाएको छ । देउखुरी उपत्यकाको भालुबाङमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना भएसंगै प्रदेश राजधानी ब्यवस्थापनका लागि कामहरु अगाडी बढाईएको कार्यालयका सल्लाहकार अमर बहादुर डाँगीले जानकारी दिनु भयो ।

त्यस्तै राजधानी ब्यवस्थापनका लागि गढवा र राप्ती गाउँपालिका क्षेत्रमा प्रसस्तै जग्गा रहेको पाईएको उहाँले बताउनुभयो । यसअघि प्रदेश राजधानीका भौतिक संरचनाहरु निर्माणका लागि प्रदेश प्राधीकरण कार्यालयद्धारा कन्सल्टेन्सी परिचालन गरि डिपिआर भै सकेको,कन्सल्टेन्सीले पनि स्थलगत अध्ययन गरिसकेको र कतिपय संरचना बनाउने कामको सुरुवात समेत हुन थालेको उहाँले जानकारी दिनुभयो । डाँगी लगायतको टोलीले गढवा गाउँपालिकाको प्रशासकीय भवन,गढवा स्थित सर्पदंश उपचार केन्द्र र देउखुरी सामुदायिक पुस्तकालयको समेत अध्ययन अबलोकन गरेको कार्यालयले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]