
Ssb
Gsb
Ksb
Bsn
Usb
Ksb
Nsb
Tgp
Rsb
Ksb
Ssb
Ppu
jsb
Rks
Csb

Tsb
Gsb
Ssb
Usb
Hl1

Nps
Rgu
ptl
प्यूठान। प्यूठानको दाखाक्वाडि–वर्जिवा¨–भिंगृ सडक ट्र्याक खुलेको ५० वर्ष पूरा भए पनि कालोपत्रे भने हुन सकेकोे छैन ।
सडकको स्तरोन्नति र कालोपत्रेका लागि डेढ वर्षअघि ठेक्का सम्झौता भएर प्रक्रिया अघि बढेको भए पनि ठेकेदार कम्पनीको लापर्बाही र अनुगमनकारी निकायको बेवास्ताका कारण सडक झनै जोखिमपूर्ण बनेको छ । वि.सं. २०२८ मा ट्र्याक खुलेको यो सडकको स्तरोन्नति र कालोपत्रका लागि सडक पुर्वाधार विकास कार्यालय रोल्पाले २०७७ जेष्ठ २७ गते उक्त सडकखण्डको ५ किलोमिटर सडक कालोपत्रे गर्न गौँरा वंगलामुखी जेभिलाई ११ करोड ५६ लाख ८६ हजार १३ रुपैयाँमा २ वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको थियो ।
प्रदेश गौरवको योजना जिवराज आश्रित कृष्णसेन इच्छुक मार्ग अन्तर्गत सो सडक कालोपत्रेका लागि लुम्विनी प्रदेशका तत्कालिन मुख्यमन्त्री शंकर पोख्रेलले शिलान्यास गरेका थिए ।“सडक कालोपत्रेको काम सुरु गरेको डेढ वर्ष बित्यो, सडक स्तरोन्नतिको काम पनि सकिएको छैन । करिव ३ महिनादेखि काम हुन सकेको छैन ।” स्थानिय प्रदिप जि.सीले भने, “सडकको अवस्था झनै बिग्रदै गएको छ, अव सम्झौताको वाकि समयमा कालोपत्रे सम्पन्न हुने संभावना देखिदैन ।”सडक साँघुरो, खाल्डाखुल्डी र मोडहरु अत्याधिक भएको सडकमा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
“मुख्य सडक अवरुद्ध छ । वैकल्पिक सडकको माध्यमबाट यात्रा गर्नुपर्ने हुन्छ ।” एक सवारी चालकले भने, “सडकको अवस्थाले सास्ती खेप्नु परेको छ । बर्खामा हिलो र हिउँदमा धुलोको हैरान हुने गर्छ । हिउँदमा धुलो उडेर, बर्खामा हिलो जमेर आवतजावत गर्न गाह्रो हुन्छ ।”गएको ३ महिनादेखि ठेग्दार वडाको सम्पर्कमा नरहेको प्यूठान नगरपालिका वडा नं २ का वडा अध्यक्ष मुक्ति पोख्रेलले बताए ।
“मैले धेरै सम्पर्कमा लिने कोशिस गरे तर सकिन ।” उनले भने, “अहिले जिल्ला प्रशासनलाई जानकारी गराएको छु ।” यसबारे जानकारी आएकोले छिट्टै दुवै पक्षलाई छलफल गराई रोकिएको कार्य सुरु गर्न निर्देशन दिने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । उता सडक डिभिजन कार्यालय रोल्पाले भने ठेग्दार सम्पर्कमा नै रहेको र तिहार लगत्तै काम सुरु हुने जनाएको छ ।कमनादैनिक
