शिबराज पन्थी/गढवा सोमबार, कार्तिक १५, २०७८

दाङ । गढवा उद्योग बाणिज्य संघले यहि मंसिर १८ का दिन छैठौं बार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ ।

संघको सोमवार गढवामा सम्पन्न बैठकले साधारणसभा सम्पन्न गर्नका लागि बिभिन्न जिम्मेवारीहरु समेत बाँडफाँड गरेको बैठकपछि अध्यक्ष खिमबहादुर बुढामगरले जानकारी दिनुभयो । बैठकले उद्योग बाणिज्य संघ गढवा र होटल बयवसायि संघ गढवाको संयुक्त पहल तथा वडानं. ६ का अध्यक्ष बालचन्द्र ठकूरी हमालको सकृयतामा वडा कार्यालयको बजेटबाट हालै गढवा बजारक्षेत्रका चारैतर्फ जडान गरिएका सडक बत्तीको महसुल निर्धारणका लागि आगामी मंसिर ४ गते शनिवार सम्बन्धित क्षेत्रका ब्यवसायीहरुलाई आमन्त्रण गरि बैठक बस्ने निर्णय गरेको छ ।

यसैगरी संस्थालाई जिल्ला प्रशासन कार्यालय दाङमा नविकरण गर्ने र सबै रिपोर्टहरु अद्यावधिक गरि साधारणसभा सम्पन्न गर्ने निर्णय गरिएको संघले जनाएको छ । संघको आव्हानमा चाडपर्व लक्षित गरि कार्यक्षेत्र भित्र रहेका बजारहरु मंसिर १ देखि ३ सम्म अनुगमन गर्ने,ब्यवसाय दर्ता तथा नविकरण गर्न सचेतना प्रबाह गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै बजार अनुगमनका लागि पनि जिम्मेवारी बाँडफाँड गरिएको छ । संघको छैठौं बार्षिक साधारणसभा सफल पार्नका लागि मंच ब्यवस्थापन, अतिथी सत्कार,खाजा नास्ता ब्यवस्थापन,ब्यानर, ब्याच,फूलमाला ब्यवस्थापन,आर्थिक तथा संस्थागत प्रतिवेदन तयारी तथा प्रचार प्रसार,अतिथी आमन्त्रण र पत्राचारका लागि संघका बिभिन्न पदाधिकारीहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको संघका अध्यक्ष खिम बुढामगरले जानकारी दिनुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]