दाङ । जिल्लामा फूल खेती गरेका कृषकहरु अहिले फूल टिपेर माला बनाउन थालेका छन् । तिहार नजिकीए संगै कृषकहरु फूल टिपेर माला बनाउन थालेका हुन् । घोराही उपमहानगरपालिका वडा नं १४ झिगौरामा व्यवसायिक रुपमा फूल खेती गरेका लोकेन्द्र रोका मगर अहिले फूल टिपेर माला वनाउन थालेका छन् । घोराही उपमहानगरपालिका १७ मा पनि सामुहिक फूल खेती गरेका महिलाहरुले पनि तिहारको लागि फूलको माला वनाउने तयारी थालेका छन् ।
उनीहरु जस्तै जिल्लामा अहिले फूल खेती गरेका कृषकहरुले तिहारको लागि तयारी सुरु गरि रहेका छन् । फूलको मालाको बढी माग हुने भएकाले तयारी थालिएको उनीहरुको भनाइ रहेको छ । माला बनाएर कोल्ट स्टोरमा राखिने उनीहरुको भनाइ रहेको छ । जिल्लामा मात्र नभइ जिल्ला बाहिरबाट समेत फूलको माग आउने गरेको घोराही उप महानगरपालिका वडा नं १४ झिगौरामा जलजला पुष्प खेती फर्मका सञ्चालक लोकेन्द्र रोका मगरले बताए । बाहिर माग भए पनि पहिलो प्राथमिक्ता जिल्लामा नै दिने गरिएको उनी बताउछन् । अहिले उनले १८ कट्टा जग्गा भाँडामा लिएर खेती गरेको बताए । जसबाट तिहारको समयमा करिब ८ हजार माला उत्पादन गरेर बिक्री गर्ने उनको भनाइ रहेको छ । उनले विगत करिब ८ वर्ष पहिलेदेखि फूल खेती गदै आएका छन् । रोजगारीको सिलसिलामा ७ वर्ष कतारमा विताएका रोकाले जिल्लामा दशै तिहार लगायतका पर्व एवं अन्य शुभ कार्यका लागि फुलको माग देखे पछि फूल खेती गर्ने थालेका थिए ।
‘दाङमा व्यवसायीक रुपमा फूल खेती कतै थिएन, काठमाडौं तिर फूल खेती पनि व्यवसायीक रुपमा गरेको देखेको थिए अनि यहाँ मैले गरेको हुँ’ , रोकाले भने । रोकाले अहिले भारतको कोलकत्ताबाट अफ्रिकन मेरिगोल्ड जातको सयपत्री फूलको विऊ ल्याएर व्यवसायीक खेती गर्ने सुरु गरेका थिए ।
घोराही बजार नजिकै फूलखेती गरे पछि आफुलाइ बजारको लागि कुनै पनि समस्या नभएको रोकाले बताउछन् । ‘दैनिक जसो फूलको अडर आइ रहन्छ उत्पादन गरेको फूल कहाँ लिएर विक्री गरौं भन्ने समस्या छैन’, रोकाले भने । आफुले उत्पादन गरेको पूूल धेरै जिल्लामा नै खपत हुने गरेको उनी बताउछन् । जिल्लाका घोराही, तुल्सीपुर, लमही, भालुवाङका शहरबाट समेत फूलको माग हुने गरेको छ । ‘काठमाडौबाट फूलको माग भए पनि फूल पठाउन सकिएको छैन’ रोकाले भने । अहिले उनले १ वटा मालालाई १ सय रुपैयामा बिक्री गदै आएको बताए ।
पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले बाह्रै महिना फूल उत्पादन सुरु गरेको बताए । ‘ जिल्लामा १२ महिना नै फूलको माग भएकाले बाहै्र महिना नै फुल उत्पादन गर्ने थालेको हुँ रोकाले भने । वर्षातको समय र बढी चिसो समयमा भने केही समस्या हुने गरेको उनले बताए । अहिले सजावटका लागि फूलका विरुवा, उत्पादन तथा विक्री समेत गदै आएका छन् ।
आफु संगै परिवार तथा अन्य २ जनालाइ समेत रोजगार प्रदान गरेको उनको भनाइ रहेको छ । ‘व्यवसायिक रुपमा समय लगाएर काम गर्ने हो भने राम्रो आम्दानी हुन्छ’ रोकाले भने । फूलको माग दशै तिहार मा वढी हुने गरेको उनको भनाइ छ । त्यसैगरेर विभिन्न औपचारीक कार्यक्रम, विवाह, पुजा आर्जाका लागि फुलको माग हुने गरेको उनको भनाइ छ ।
जिल्ला फूल खेतीका लागि उपयुक्त रहेकाले यसको सदुपयोग गर्न समेत उनको आग्रह रहेको छ । थोरै लगानी बाट राम्रो आम्दानी गर्ने सकिने भएकाले यस तर्फ लाग्न समेत आग्रह रहेको छ । पछिल्लो समय सरकारी नियकाय वाट समेत सहयोग प्राप्त गर्न सफल भएको उनले बताए ।
घोराही उप महानगरपालिका १७ मा पनि सामुहिक फूल खेती गरिदै आएको छ । विगतका वर्षहरु बाट महिलाहरु मिलेर सामुहिक हजारीको फूल खेती गरिएको शुसिला पौडेलले जानकारी दिइन् । उनीहरुले करिव ४ वर्ष पहिले वाट फूल खेती गरि रहेका छन् । उनीहरुले करिव १० कठा जग्गा भाँडामा लिएर हजारीको फूल खेती गरेको पौडेलले बताइन् यसलाई व्यवसायिक रुपमा अगाडि वढाउने सोचमा रहेको उनको भनाइ छ । उत्पादन भएको फूल वाहिर पठाउन पर्ने अवस्था नभएको उनी बताउछीन् ‘अहिले उत्पादन भएको फूल जिल्लामा नै खपत हुने गरेको छ’ पौडेलले भनिन् । अहिले प्रति माला एक सय रुपैयामा विक्री गर्ने गरेको उनले बताइन् । चार्ड पर्व संगै पछिल्लो समयमा जिल्लामा हुने औपचारीक कार्यक्रमकहरुमा समेत हजारीको फूलको मालाको माग वढदै गएको उनी बताउछीन् । यसरी जिल्लामा फूल उत्पादन वढदै गए पनि फूल खरिदका लागि वाहिरने रकम समेत जिल्लामा रहने भएको छ । यसले जिल्लाको लागि समेत फाइदा पुग्ने गरेको छ ।