
Bsn
Ssb
Ksb
Ssb
Fmb
Usb
Ppu
Nsb
Ksb
Rsb
Csb
jsb
Rks
Ksb
Gsb
Tgp

Ssb
Tsb
Usb
Gsb
Hl1

Nps
ptl
Rgu
दाङ । राष्ट्रिय जनगणना–२०७८ को अभियान यहि कार्तिक २५ देखि मंसिर ९ सम्म संचालन गरिन थालेको जिल्ला जनगणनाको कार्यालय दाङले जनाएको छ ।
जसका लागि शनिवार देखि जिल्लाका पाँच स्थानहरुमा कुल आठसय चार जना गणक परिचालन गर्नेगरि गणकहरुलाई तालिम दिन थालिएको कार्यालय प्रमुख तुल्सीराम पोखे्रलले जानकारी दिनुभयो । मेरो गणना मेरो सहभागिता भन्ने मुल नाराका साथ संघिय प्रणालीको सुरुवात भएपछिको पहिलो तथा हालसम्मको १३ औं जनगणना अन्तर्गत पहिलो चरणमा जिल्लाका दशवटै स्थानीय तहहरुमा कुल एकसय सत्तरी जना सुपरिवेक्षकहरुले असोज ३० देखि काम सुरुगरि कार्तिक १८ सम्म पुरा गर्ने भएका छन् ।
त्यस्तै दोश्रो चरणमा यहि कार्तिक २५ गतेदेखि मंसिर ९ गते सम्म गणकहरुद्धारा जनगणनाको काम संचालन हुने कार्यालयले जनाएको छ । जसका लागि शनिवारदेखि मंगलबार सम्म गरि चारदिन गणकहरुलाई जिल्लाका पाँच स्थानमा तालिम दिन सुरु गरिएको हो ।
अभियान अन्तर्गत शनिवार जिल्लाका दश स्थानीय तहलाई समेटेर ५ स्थानमा जिल्लाभर तालिम दिन थालिएको कार्यालय प्रमुख पोखे्रलले जानकारी दिनुभयो । देउखुरी क्षेत्रका लागि राप्ती र लमहीको लमहीमा तथा राजपुर र गढवाको जनता माबि गढवामा स्थानीय जनगणनाको कार्यालयले तोकिएका प्रशिक्षक परिचालन गरि तालिम सूरुवात गरेको छ ।
यसैगरी तुलसीपुर र दंगिशरणको तुलसीपुरमा, बंगलाचुली र घोराही उपमहानगरको घोराही स्थित महेन्द्र बहुमुखि क्याम्पसमा र बबई तथा शान्तीनगरको एकै थलोमा तालिमको सुरुवात गरिएको जिल्ला जनगणनाको कार्यालयले जनाएको छ । जनगणनाको काम सफल पार्न जिल्लाका गढवा,लमही,बबई,तुलसीपुर र घोराही गरि ५ स्थानहरुमा स्थानीय जनगणनाको कार्यालय स्थापना गरि संचालनमा ल्याईएको स्थानीय जनगणनाको कार्यालय गढवाका प्रमुख दुर्गा प्रसाद चौधरीले जानकारी दिनुभयो ।
केन्द्रिय तथ्यांक बिभागको निर्धारित कार्यक्रम अनुसार सुपरिवेक्षकहरुले पहिलो चरणमा असोज ३० देखि कार्तिक १८ सम्म घर–घरमा गै मोटो तथ्यांक संकलन गर्नेछन् भने गणकहरुले कार्तिक २५ देखि मंसिर ९ सम्म बिस्तृत प्रश्नावली सहितको तथ्यांक संकलन गर्ने छन् । यसको संगसंगै प्रसुति सम्बन्धि आधिकारिक तथ्यांक लिनका लागि दशवटै पालिकाहरुमा एक–एक जना स्वास्थ्यकर्मिलाई गणकमा खटाईएको छ । गणकहरुले सबै नागरिकहरुको घर–घरमा गई सत्य तथ्य सुचना सहितको ३७ प्रश्नावली भएको फाराम भित्रका ८० वडा प्रश्नहरुको जवाफ सहितको तथ्यांक संकलन गर्ने छन् । जिल्लाका ८ सय ४ जना गणकहरुलाई वडागत क्षेत्रमा खटाई सकिएको र कार्तिक २५ बाट काम सुरु गरि मंसिर ९ सम्म जनगणना तथ्यांक फाराम भोरेर मंसिर १२ सम्म स्थानीय जनगणनाको कार्यालयमा बुझाई सक्नुपर्ने जिल्ला जनगणनाको कार्यालयले जनाएको छ ।
यसैविच दक्षिण देउखुरीका राजपुरमा २६ र गढवामा ४७ जना गणकहरु प्रिचालन गर्न शनिवारदेखि गढवाको जनता माध्यमिक बिद्यालयमा ७५ जना गणकहरुलाई तालिम दिन सुरु गरिएको स्थानीय जनगणनाको कार्यालयले जनाएको छ । प्रशिक्षकहरुमा दुर्गा प्रसाद चौधरी,रामसुरत यादव,शुरेस पौडेल,बेगम गहतराज र हिमाल प्रकाश अधिकारी रहनुभएको छ ।
त्यस्तै लमही,घोराही,तुलसीपुर र बबई मा पनि गणकहरुकालागि शनिवारदेखि जनगणनाको तालिम सुरु भएको बताइएको छ । नेपालमा सन् १९६८ देखि जनगणनाको गर्ने कार्य सुरुवात गरिएको र प्रत्येक १० बर्षमा जनगणना गरिदै आएको छ । यसपालि २०७८ को जनगणना देशको १३ औं जनगणना हो ।


