Sidha Patra शनिबार, कार्तिक ०६, २०७८

दाङ । दाङको देउखुरीमा टाटा सुमो गाडी दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन् । प्युठानको बिजुवार बाट सतबरिया जाँदै गरेको रा १ ज ७३७ नम्बरको सुमो गाडी शनिबार पौने १ बजेको समयमा लमही नगरपालिका वडा नम्बर ७ स्थित सशस्त्र प्रहरीको ब्यारेक नजिकै दुर्घटना भएको हो।

उक्त घटनाका घाइते गणेश बहादुर घर्ती मगरका अनुशार लमही – ८ सतबरियामा किनेको जग्गा हेरफेर गर्न आउँदै गर्दा बाटोमा दुर्घटना भएको हो ।

यस्तै दुर्घटनामा पर्नेहरु १७ वर्षिया मिना घर्ती, १५ वर्षिया रबिना घर्ती, १० वर्षिय बिजय घर्ती, ३५ वर्षिया जिता घर्ती, २२ वर्षिया कुमारी राना, वर्ष २२ कै लक्ष्मी खड्का, ३ वर्षका आरस खड्का, ५३ वर्षिया दिलसरी राना र लमही ६ देउपुर निवासी वर्ष ३६ को तुल्सिराम न्यौपाने घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यस्तै घाइते मध्य ५३ वर्षिया दिलसरी रानाको अवस्था गम्भीर भएकोले बाहिर रिफर गर्नु पर्ने भएको छ भने अन्यको लमही अस्पतालमा उपचार भैरहेको छ ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]