टेकबहादुर पुन बिहिबार, कार्तिक ०४, २०७८

दाङ । अबिरल बर्षाले देशैभर जनधनको नोक्सान गरेको छ ।देशमा कतिले ज्यान गुमाई सकेका छन । कतिको बर्षदिन भरी खानेगरी भरखरै भित्राएको तथा खेतमै भएका अन्नपात बगाएर नोक्सान गरेको छ भने कति घरपरिवार त बिस्थापित पनि भएका छन । अझै यो अबिरल बर्षाले कति क्षेती गर्ने हो! चिन्ताको बिषय बनेको छ ।

दाङको लमही नगरपालिका वडा नम्बर ७ हसनापुर निवासी चेत नारायण चौधरीको घरमा बुधवार राती बाढी पस्दा ५ लाख भन्दा बढीको नोक्सान भएको छ । चौधरीको घरदेखी उत्तरमा बनाईएको सिमसार क्षेत्रको बाँध भत्किएर घरमा नोक्सान पुराएको हो ।

रातको समयमा एक्कासी पानीको बहाब सँगै उर्लिएर आएको बाढी घरमा पस्दा अन्नपात, लत्ताकपडा, भाँडाकुँडा सम्पुर्ण बगाएको चौधरीले बताए । बाढीका कारण चौधरीको भान्सा घरको एउटा भित्ता समेत ढलेको छ । बर्षभरी खानलाई भरखरै भित्राएको करिब ३५ क्विन्टल धान बगाएको चौधरीले गुणासो पोखे । काटेर खल्यानमा राखिएको धानको त लेखा जोखा नै छैन । घरभित्रको चामल दालपनि माटोमा मिसिएको छ चौधरीले गुणासो पोखे । मानबिय क्षेती नभएपनी यस घरपरिवार बिस्थापित भने भएको छ । ‘एक्कासी बाँध फुटेर पानीको बहाब उर्लियो, हामी भैंसी सुँगुर सार्नमै बेस्त भयौँ चौधरीले भने-पानी त घर भित्र पसेछ, सबै अन्नबाली नोक्सान भयो, भाडा कुडा कता हराए पत्तो भएन ।’

चेत नारायण जस्तै आशाराम चौधरीको फुसको घरपनि ढल्ने अबस्थामा छ । घरको पेटी र जगमा पानी पसेर घरनै कमजोर अबस्थामा छ । भित्र रहेका अन्नबाली सम्पुर्ण बगाएर सखाप भएको छ । आशारामको परिवार अहिले अरुको आश्रयमा छ ।

उनिहरु जस्तै हसनापुर निवासी लालु चौधरी, प्रदेशु चौधरी, हुमाकान्त खनाल, हरिलाल चौधरी, हरि प्रसाद चौधरी, सन्तोष गिरी, सुनिराम चौधरी लगायतको अन्नबाली सम्पुर्ण बगाएर क्षेती पुगेको छ ।

पिडितको घर घरमा राती १२ बजे नै पुगे वडाध्यक्ष गिरी 

आफ्नो वडामा बिपत्ती आईपरेको खबर पाए लगत्तै लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरी राती १२ बजे नै पिडित हरुको घरमा पुगेर हौसला बाँडेका छन ।

देशको हरेक स्थानमा नागरिकले समस्या झेल्दै आईरहेको बताउँदै वडाध्यक्ष गिरीले प्राकृतिक बिपत्ती र प्रकोप सँग कोहीपनि लड्न नसक्ने बताए । आपत्ती र बिपत्तीले पुराएको क्षेतीलाई एक्किन गरि तत्काल क्षेतिपुर्तीको ब्यबस्था गर्नका लागि पहल गर्ने वडाध्यक्ष गिरिले बताए ।

‘प्राकृतिक प्रकोप सँग केही गरि हुदैन, देशमा धेरै नागरिक चिन्तित छन वडाध्यक्ष गिरिले भने-हुनु भईहाल्यो अब समाधान खोज्ने हो, हामी तत्काल राहतका लागि पहल थाल्छौ ।’ वडाध्यक्ष गिरीले राती नै सबै पिडितहरुको घरघरमा पुगेर राहतका निम्ति तत्काल पहाल गरिने प्रतिबद्दता ब्यक्त गरेका हुन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]